Comments Add Comment

रंगशालामै खेलकुद मन्त्रीलाई प्रवेश निषेध

२९ असार, काठमाडौं । नेकपा एमालेको मतगणनास्थल दशरथ रंगशालामा प्रवेश गर्न लागेका बिभागीय मन्त्रीलाई नै भित्र प्रवेश गर्न नदिइएपछि उनी फर्केका छन् । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल झण्डवाला गाडीमा मतगणनस्थलमा छिर्न लाग्दा प्रवेश पास नभएको भन्दै उनलाई फर्काइएको हो ।

दशरथ रंगशाला र मतगणनास्थल कभर्डहल खेलकुद मन्त्रालय अन्तर्गत पर्छ । भित्र छिर्न पास नभएपछि मन्त्री पौडेल फर्किएका थिए । उनी केन्द्रीय कमिटी सदस्यमा खुल्ला तर्फ माधव नेपालकेा प्यानलबाट उम्मेदवार पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment