Comments Add Comment

तपाईँसँग नयाँ सोंच छ ? अब ब्यबसाय गर्ने तरिका र पैसा पनि पाइन्छ

idea-studio-prog३० असार, काठमाडौं । युनिसेफ नेपाल, चाइल्डरिच नेपाल, काठमाण्डौं विश्वविद्यालय र मिटिङ प्वइन्टको संयुक्त आयोजनामा आईडिया स्टुडियो कायक्रम सञ्चालन हुने भएको छ । मुलुकमा आर्थिक र सामाजिक रुपान्तरणका लागि श्रृजनात्मक अभियान सञ्चालन गर्ने उदेश्यअनुरुप उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आईडिया स्टुडियोमा हरेक नेपाली नागरिकले आफुसँग भएको अवधारणा वा आइडिया पठाउन सक्ने बताइएको छ । प्राप्त आइडिहरुलाई त्यसको सम्भाव्यता र उपादयताको आधारमा तालिम, प्रविधी र लगानी प्रदान गरिने छ ।

यसै सन्दर्भमा आइडिया कसरी श्रृजित हुन्छ ? आइडियालाई सफलतासम्म पुर्‍याउन के कस्ता कर्महरु गर्नुपर्छ ? भन्ने विषयमा एक बृहत्त छलफल र अनुभव आदान प्रदान गर्ने उदेश्यले आई हृयाभ एन आइडिया भन्ने कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।

idea-studio-1कार्यक्रममा बैंकर अनिल शाह, गायिका आनी छोइङ डोल्मा, नेपाली त्रिकेटका क्याप्टेन पारस खड्का र नायिका निशा अधिकारीलाई वक्ताको रुपमा राखिएको छ । अनिल शाहले कस्तो सोचले आफुलाई एक सफल बैंकर बनाउन सफल भए ? गायिका आनी छोइङ डोल्मालाई कस्तो आइडियाले एक सफल गायिका बनायो ? नेपाली क्रिकेट कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई विश्वकपसम्म पुर्‍याउन कस्तो सपना देखेका थिए ? नायिका निशा अधिकारीको कस्तो सोचले सफल कलाकारीता  र सगरमाथा आरोहरणसम्मको यात्रा तय भयो ? भन्ने विषयमा कार्यक्रम केन्दि्रत रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment