+
+
Shares

प्रत्येक घरलाई धुवाँमुक्त उज्यालो घर बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३० गते १४:४२

३० असार काठमाडौं । सरकारले आगामी तीन वर्षमा प्रत्येक घरलाई धुवाँमुक्त उज्यालो घर बनाउने भएको छ । आगामी तीन वर्षभित्र हरेक घरलाई धुवाँमुक्त उज्यालो घरू बनाउने कार्यक्रम ५० वाट पिक भन्दा ठूला क्षमताका १ लाख २५ हजार सौर्य विद्युत प्रणाली, ८ लाख सुधारिएको चूलो,१ हजार सौर्य कुकररड्रायर, २०० सौर्य सिंचाइ पम्प र ५० हजार घरायसी वायोग्याँस प्लान्ट प्रवर्द्धन गरिने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन्।

त्यसैगरी सहरहरुमा सौर्य सडक बत्ती जडान गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत अनुदानको व्यवस्था गरिनेछ। फोहरमैलाबाट ऊर्जा उत्पादन गर्ने सम्भाव्यताको अध्ययन गरिनेछ। ठूला औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान, हाउजिङ, तथा अपार्टमेन्टहरूबाट निस्कने फोहरबाट सोही हाउजिङ र अपार्टमेन्टका लागि आवश्यक पर्ने विद्युत उत्पादन गर्न प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?