+
+
Shares

सभासदका लागि ‘स्लिपिङ ट्याब्लेट’ बन्यो बजेट ! (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३० गते १८:५६

Bugut vasan an samsad  (3)

३० असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका संसदमा बजेट वक्तव्य दिइरहेका बेला कोही सभासदहरु हातमा चिउँडो अड्याएर निदाइरहेका भेटिए ।

व्यवस्थापिका संसदमा आइतबार सभासदहरुको गतिविधि देख्दा यस्तो लाग्थ्यो, सरकारी बजेट एउटा यस्तो ‘स्लिपिङ ट्याब्लेट’ हो, जुन ट्याब्लेट संसदमा प्रस्तुत हुनासाथ सभासदहरुलाई निद्राले लठ्ठ बनाइहाल्छ ।

अर्थमन्त्री महतले बजेट मन्तव्य व्यक्त गरिरहेका बेला कोही सभासद मस्त निदाएका थिए भने कोहीचाहिँ कुर्सीमा टाउको अड्याउँदै कुप्री परेर फोनमा गफ गरिरहेका देखिन्थे ।

राज्यलाई कर नबुझाएका कारण आन्तरिक राजस्व कार्यलयको सूचीमा परेकी सभासद गीता राणा अर्थमन्त्रीले बजेट भाषण गरिरहँदा आफ्ना सहयात्री सभासद एवं प्रिन्सिपल बाबुराम पोखरेलसँग मोबाइलमा केही पढिरहेको अवस्थामा भेटिइन् ।Bugut vasan an samsad  (5)

एमाले अनुशासन आयोगको अध्यक्षमा उम्मेद्वारी दिएका सभासद केशव बडालले व्यवस्थापिका संसदभित्र अनुशासनको कुनै ख्याल नगरी एमाले मतगणनास्थलमा फोन गरेर मतसंख्या टिपिरहेको जस्तो दृश्य देखिएको थियो ।

व्यवस्थापिका संसदमा कोही सभासद मुख थुनेर फोन गरिरहेका त कोही मुख छोपेर निदाइरहेका थिए । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि निदाएका हुने या आँखा चिम्लेर ध्यान गरिरहेका हुन् भन्ने बुझ्न सकिएन । संसदमा मोबाइल खेलाउनेहरुमा पूर्वकानूनमन्त्री प्रेमबहादुर सिंह पनि देखिएका थिए ।

Bugut vasan an samsad  (1)

अर्थमन्त्रीले बजेट भाषण गरिरहेका बेला व्यवस्थापिका संसदभित्र अनलाइनखबरका लागि श्रीधर पौडेलले कैद गरेका केही दृश्य यस्ता छन्-

Bugut vasan an samsad  (2)

Bugut vasan an samsad  (4) Bugut vasan an samsad  (6) Bugut vasan an samsad  (7) Bugut vasan an samsad  (8) Bugut vasan an samsad  (9) Bugut vasan an samsad  (10) Bugut vasan an samsad  (11) Bugut vasan an samsad  (12) Bugut vasan an samsad  (13) Bugut vasan an samsad  (14) Bugut vasan an samsad  (15) Bugut vasan an samsad  (16) Bugut vasan an samsad  (17) Bugut vasan an samsad  (18) Bugut vasan an samsad  (19)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?