Comments Add Comment

साहरुख, सलमान र आमिरका ३ ठूला फिल्म, कसले बढि कमाउला ?

salman-srk-and-aamir

भारतीय फिल्म उद्योगमा राज गरिरहेका तीन खान अर्थात– सलमान खान, साहरुख खान र आमिर खानका फिल्म एकपछि अर्को गर्दै रिलिज हुँदैछन् ।

सलामानको ‘किक’ यसै महिना रिलिज हुँदै छ भने शाहरुख खानको ‘ह्याप्पी न्यू इयर’ तिहारको अबसर पारेर र आमरि खानको ‘पीके’ क्रिसमसमा रिलिज हुँदैछ।

पछिल्ला बर्षमा यी तिनै खानले बलिउडमा ठूलो ब्यापार गर्दै आएका छन् ।

सलमान खानको पछिल्लो फिल्म ‘जय हो’ले चर्चा गरेअनुसार सफलता नपाए पनि १०० करोड क्लबमा प्रवेश पाएको थियो । आमिरको ‘धुम ३’ ले अहिलेसम्मकै धेरै ब्यापार गर्ने फिल्मको रेकर्ड राखेको छ भने अघिल्लो बर्ष सुपरहिट बनेको थियो शाहरुखको ‘चेन्नई एक्सप्रेस’ ।

सलमानको फिल्म रिलिज हुने दिन नै आमिरको ‘पिके’को ट्रेलर रिलिज हुँदै छ ।

यी तिनै खानको फिल्मले १०० करोड क्लवबमा सहजै प्रवेश पाउने अनुमान गरिए पनि अघिल्ला रेकर्ड तोड्न सक्लान वा नसक्लान भन्ने चासोको बिषय बनेको छ ।

सलमानको किकमा ज्याकलिन, नवाजुद्दिन सिद्दिकी र रणदीप होडाले सलामानलाई साथ दिएका छन भने ह्याप्पी न्यू इयरमा दिपिका पादुकोण, अभिषेक बच्चन, बमन इरानी र सोनु सुद रहेका छन् ।

आमिरको फिल्ममा अनुष्का शर्मा, सुसान्तसिंह राजपुत, संजय दत्त लगायतको अभिनय रहेको छ जसलाई थ्रि इडियट्सका निर्देशक राजकुमार हिरानीले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment