३१ असार, काठमाडौं । भारतीय गाडी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल गाडी मेक्सीमो प्लस भिएक्स नेपाली बजारमा भित्रिएको छ । यो गाडी २ वर्ष अगाडी नेपाल भित्रिएको मेक्सीमो प्लसको परिस्कृत भर्सन हो ।
महिन्द्रा कमर्सियल गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले मेक्सीमो प्लस भिएक्स सोमबारदेखि बिक्री सुरु गरेको छ । ९०९ सीसी सीटु सिआरडीई इञ्जिन भएको यस गाडीमा २ सिलिन्डर, ४ फरवार्ड र एक रिभर्स गियर, १७५ एमएम ग्राउन्ड क्लियरेन्स, ३३ लिटर फ्यूल क्षमता लगायतका सुविधाहरु रहेका छन् । यो गाडी मेटालिक बडी कलरमा उपलब्ध रहेको छ ।
च्यासिस पनि बजारमा
त्यसैगरी, कम्पनीले महिन्द्राको हेभी कमर्सियल भेहिकलमा ट्रुक्सो ट्रक बडी र र च्यासिसमा नेपाली बजारमा उपलब्ध गराएको छ । २५ र ३१ टन क्षमताका बडी र च्यासिस नेपाली बजारमा सोमबारदेखि बिक्री सुरु गरेको कम्पनीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
यसमा एम-पावर ७.२ लिटर, टिसीआईसी बीएथ्री इन्जिन रहेको छ । यो गाडीको अधिकतम स्पिड ८५ किलोमिटर प्रतिघण्टा रहेको छ । ३५० लिटर फ्यूल अटाउने यस गाडीमा भेहिकल ट्रयाकिङ सिष्टम समेत रहेको छ ।
दुगड ब्रदर्स एण्ड सन्सले विगत दुई दशकदेखि महिन्द्रा कर्मसियल गाडीहरु नेपालमा बिक्री वितरण तथा प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले ग्राहकको हितलाई सर्वोपरी ठानी मेचीदेखि महाकालीसम्म शाखा तथा डिलर मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4