Comments Add Comment

कागलाई मयुरका प्वाँख घुसारेर बजेट ल्याइयो : बाबुराम

३१ असार, काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका एमाओवादी नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटलाई ‘मयुरको प्वाँख घुसारेको काग’ को संज्ञा दिएका छन् । Baburam-Bhattarai

व्यवस्थापिका संसदमा मंगलबार बजेटमाथि सुरु भएको छलफलमा बोल्दै डा. भट्टराईले भने- ‘नवउदारवादलाई ढाकछोप गर्न मात्रै चिल्ला गरिएका छन्, केही राम्रो भएजस्तो देखाइएको छ, तर ठूला र दलाललाई पोस्ने र अझै देशलाई परनिर्भर बनाउनेखाल छ । मयुरका केही प्वाँख घुसार्दैमा काग मयुर बन्दैन ।’

डा. भट्टराईले प्रिबजेटमा छलफल भएका कुराहरु नआएको, अर्थमन्त्री पुरानै स्कूलअनुसार र ठूला पुँजीपतिको पक्षमा देखिएको, संघीयताका विषयमा बजेट मौन रहेको, जनयुद्ध र मधेस आन्दोलनका सहीदको विषयमा नबोली आफ्ना कार्यकर्तामात्रै पोस्न खोजिएको र दलाल, विदेशी नोकरशाही पुँजीलाई बढावा दिइएको भट्टराईको आरोप छ । यो बजेटले देशलाई २० वर्ष पछाडि फर्काएको भट्टराईले आरोप लगाएका छन् ।

साना र मध्यम पुँजीको विकास गरेर मात्रै पुजीवादको विकास गर्न सकिने भन्दै डा भट्टराईले स्वरोजगार कोष लगायतका अघिल्लो सरकारले ल्याएका कार्यक्रम
उदारवादका पक्षधर महतले फेरि घुमाई फिराई त्यही उदारवादी नीतिलाई अगाडि बढाएको होइन भन्नका लागि सामाजिक न्यायका कुरा राखे पनि नवउदारवादलाई ढाकछोप गर्नमात्रै चिल्ला गरिएको भट्टराईले आरोप लगाए ।

‘केही राम्रा भएजस्तो तर ठूला र दलाललाई पोस्ने र अझै परनिर्भर बनाउने खालको छ ।’ उनले भने । डा. भट्टराईले समाजवादको भ्रू्णसहितको राष्ट्रिय अर्थतन्त्र विकास हुनुपर्छ भन्दै अर्थमन्त्रीले ‘किक स्टार्ड’ होइन, देशलाई ‘ब्याक किक’ हानेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment