Comments Add Comment

सम्मानित हुनुपर्ने सभासदलाई जनता घृष्णा गर्छन् : चित्रबहादुर

३१ असार काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा कमिसन खाएर बजेट बेच्दा सभासदहरुप्रति जनतामा घृणा उत्पन्न भएको बताएका छन् ।

chitra bahadur kcसांसदलाई दिने ५ करोडको चौतर्फी विरोध भएको भन्दै उनले यसको कारण विगतमा गरेको गल्ती भएको बताए । व्यवस्थापिका संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै केसीले भने-‘त्यो रकम क्षेत्रमा जिल्लामा जाने विषयमा यति धेरै विवाद, चारैतिरबाट सांसदमाथि भएको आक्रमण के हो भने हिजो हामीले आफूलाई उपयोग गर्न दिएको बजेट कमिसन आएर बेच्यौं नि । ०६४ मा पनि कतिपय माननीयहरुले राष्ट्रले दिएको रातो पासपोर्ट लाखौं रुपैयाँमा बिक्री गर्‍यौं नि ।’

जनताले चुनेर आएका प्रतिनिधि त सम्मानित र आदरणीय हुनुपर्ने भन्दै उनले भने-यति धेरै घृष्णा, आलोचनाबाट हामीले के बुझ्नुपर्छ भने हिजो जसले जे गल्ती गरे, त्यसलाई हामीले शिक्षाको रुपमा लिनुपर्छ ।’

उनले राजनीतिक पार्टी र सभासदहरुले नभइ बाहिरको शक्तिले देश चलाउनुपर्छ भनेर स्थापित गर्ने पनि ५ करोडको विरोध भएको बताए ।

केसीले प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोड दिनु सकारात्मक भएको तर, प्रत्यक्ष र समानुपातिक सभासदलाई विभेद गरिएको असन्तुष्टी जनाएका छन् ।

विदेशी पुँजीलाई अधिकतम सुविधा दिने नीति लिएको भन्दै सभासद केसीले राष्ट्रिय उद्योगहरुलाई संरक्षण गर्ने नीतिको उपेक्षा गरिएको बताए । उनले विद्युत परियोजनाहरु राष्ट्रिय पुँजीमा निर्माण गर्नुको सट्टा विदेशीलाई जिम्मा दिने रणनीति लिएको भन्दै बजेटको आलोचना गरेका छन् ।

स्थानीय निकायको निर्वाचन गर्ने नीतिको समर्थन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले समयमा निर्वाचन गर्ने सुनिश्चित गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment