Comments Add Comment

अर्थमन्त्री गरिबको ‘डाइनिङ’मा गए राजनीति छाड्ने अमरेशको घोषणा

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले पार्टी नेतासमेत रहेका अर्थमन्त्री रामशरण महतमाथि मधेसको सर्वस्वहरण गरेको आरोप लगाएका छन् । सिंहले अर्थमन्त्री महतलाई ‘सामन्ती वर्गको प्रतिनिधि’ बताएका छन् ।

amreshव्यवस्थापिका संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले अर्थमन्त्रीले नेपालमा सामन्ती र विदेशको हिसावले विश्व बैंक र एडीबीको प्रतिनिधित्व गर्ने बताएका हुन् । अर्थमन्त्री डा.महतले गरीबसँग उठबस गरे आफूले राजनीतिबाटै सन्यास लिने कांग्रेस सभासद सिंहले संसदबाटै घोषणा गरेका छन् ।

‘यो बजेट हाम्रो अर्थमन्त्रीको जुन क्लास छ, जुन वर्गलाई प्रतिनिधित्व गर्नुहुन्छ, त्यस अनुसार छ । उहाँले नेपालभित्रको फ्युडल क्लास -सामन्ती वर्ग)लाई प्रतिनिधित्व गर्नुहुन्छ’ सिंहले भने-उहाँको कुनै कमनर -सामान्य) सँग दोस्ती छैन । उहाँ कुनै गरिबको डाइनिङ टेबलमा जानुहुन्न ।’

कांग्रेस नेता सिंहले आफ्नै दलका अर्थमन्त्रीलाई चुनौती दिँदै भने-‘उहाँको एउटा पनि नातेदार, एउटा पनि दोस्त, एउटा पनि मिटिङ कुनै कमनरसँग भयो भने म रोष्टमबाट भन्दैछु आजैबाट राजनीति छोडि्दन्छु ।’

महतले मधेसको सर्वस्वहरण गरेको आरोप

कांग्रेस सभासद सिंहले विगतदेखि नै महतलाई मधेसको विरोध भन्ने गरेको र योपटकको बजेटमा पनि मधेसलाई उपेक्षा गरिएको आरोप समेत लगाए । ‘एउटा अनपढले कसैलाई दुःख दिन चाहृयो भने हात खुट्टा भाँच्छ । तर, एउटा पढेलेखेको मान्छेले सर्वस्वहरण गर्छ । उठीवास लगाउँछ’ उनले भने-‘उहाँ (महत) यस्तो पेढेलेखेको व्यक्ति हुनुहुन्छ कि मधेसको सर्वस्वहरण गर्ने व्यक्तिको रुपमा नेपालको इतिहासमा चित्रित हुनुहुन्छ ।’

अर्थमन्त्रीले मधेसलाई गरेको विभेदको फहरिस्थ प्रस्तुत गर्दै उनले भने- ‘उखु किसानका बारेमा केही बोल्नुभएन । के मधेसको सदरमुकाममा सडक चाहिँदैन ? सडक त उहाँको नुवाकोटमा दुई दुईवटा चौडा चाहिन्छ । मधेसको सडकले काठमाडौंलाई छुने थियो तर, उहाँको प्राथमिकतामा नुवाकोट पर्‍यो ।’

३७ अर्बको विकास बजेटमा मधेसलाई मुस्लिकले ४/५ अर्ब मात्र परेको सिंहले बताए । बजेटमा मधेसका ८ भन्दा बढी जिल्ला सदमुकाम खराब भएको तर, स्तोरन्नोती गर्ने कुनै योजना नभएको भन्दै उनले भने-‘उहाँको सोच त अमेरिकाबाट तल झर्दैन । एडीबी, वल्र्ड बैंकबाट तल झर्दैन ।’

सत्तारुढ दलकै सभासद सिंह संसदमा आफ्नै पार्टीका अर्थमन्त्रीविरुद्ध विपक्षीभन्दा कडारुपमा प्रस्तुत हुँदा धेरै सभासदले अनौठो मानेका छन् ।

पर्यटक फ्रेण्डली भन्ने तर, अमेरिकाको पर्यटक ल्याउन खोज्ने गरेको भन्दै उनले भने-‘जबसम्म भारतीय पर्यटक यहाँसम्म आउँदैन, तबसम्म अरु पर्यटक आउँदैनन् । तर, उहाँ भारतीयलाई दुःख दिन नियतबस भारतको गाडीको भन्सार डबल गर्नु भो । भन्सार मात्र उठाउन खोन्नुभो ।’

मधेसमा जोत्न आउने भारतीय ट्याट्टरले समेत भन्सार तिर्नु परेको भन्दै उनले मधेसलाई छुट्टै देशका रुपमा हेरेको हो ? भनी महतलाई प्रश्न गरे । सिंहले आफ्नो विरोध गर्दा संसदमा रहेका अर्थमन्त्री महतको अनुहार कागती निचोरेको जस्तै देखिएको थियो । महत घरि बजेट किताव हेर्थे, घरि केही टिप्थे र घर सिंहतिर हेरेर चिउँडोमा हात राख्थे ।

भारत र चीनमैत्री नभएको आरोप

अधिकांश समय महतको आलोचना गरेका सिंहले विश्व बैंक, एडीबीको ऋण सबैलाई तिराउने तर, विकास चाहिँ हुनेखानेलाई मात्र गर्ने गरेको आरोप लगाए । अर्थमन्त्रीले मधेसमा भन्सार उठाउन मात्र खोजेको तर विकासको जिम्मा भारतलाई दिन खोजेको भन्दै आक्रोश पोखे ।

एडीबी र विश्व बैंकको इच्छापूर्ति गरेर विकास नहुने भन्दै सिंहले बजेट भारत र चीन मैत्री नभएको बताए । उनले भने-‘कागजमा लेखेर मात्र कुनै लगानी आउनेबाला छैन । जो गर्न चाहेको त्यसलाई उहाँले पस्नै दिनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment