+
+
Shares

यतिले परिवर्तन गर्‍यो जहाजको बाहिरी आवरण

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १८:१७

Yeti-Airlines-New-Looks

३१ असार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाईन्सले जहाजहरुको बाहिरी आवरण परिवर्तन सुरु गरेको छ । यही क्रममा यतिले बीएइ जेटस्टि्रम ४१ फ्लेटको बाहिरी आवरण परिवर्तन गरेको छ ।

बाहिरी आवरण परिवर्तन गरिएको यतिको यो पहिलो जहाज हो । यतिको ब्राण्ड रङ्ग हरियो, सुनौलो र पहेंलोले पोतिएको सो जहाजले क्याप्टेन प्रफुल्ल बैद्यको नेतृत्वमा असार ३० गते काठमाडौं-बिराटनगर सफल उडान अवतरण गरेको छ ।

अर्को हप्तादेखि जहाजले नियमित उडान गर्ने यतिका बजार प्रबन्धक रोशन रेग्मीले बताए । उक्त आवरणको डिजाईन डिजाईनर आषिक पोखरेलले गरेका हुन् । यतिले छिट्टै अन्य ६ जहाजहरुको पनि बाहिरी आवरण परिवर्तन गर्दैछ ।

यति एयरलाईन्स्बाट गरिने सम्पूर्ण यात्राहरुलाई अझ सहज एवम् आन्नदित बनाउनका लागी एयरलाईन्सले आफ्नो बाहिरी आवरण तथा भित्री स्वरुपमा परिवर्तन गरेको बजार प्रबन्धक रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?