Comments Add Comment

आइफोन ६ आउन ४ महिना ढिलो हुने, सामसुङलाई राहत

केही अघिसम्म सामसुङको दुस्वप्न छिटै यथार्थमा परिणत हुने अड्कल काटिएको थियो । स्मार्टफोनको बिक्रिमा आएको १० प्रतिशतको गिरावट, खासगरी चिनिया सस्तो स्मार्टफोनका कारण कम मूल्यका स्मार्टफोनको बिक्रि ओरालो लाग्नुलाई सामसुङका खराब दिनको द्योतकको रुपमा लिइएको थियो ।

एप्पलका ग्याजेटको बिक्रि बढिरहेको बेला सामसुङको बिक्रि घटिरहेको अवस्था छ । तथापि एप्पलभन्दा एउटा कुरामा हात माथि परेको हुँदा सामसुङलाई केही राहत मिलिरहेको अवस्था थियो, त्यो हो उच्च मूल्यका स्मार्टफोनमा २ प्रकारका ठूला स्त्रिmनवाला स्मार्टफोन सामसुङका हुनु तर एप्पलको ठूलो स्त्रिmनवाला स्मार्टफोन नहुनु ।

 

यहीँ कुरामा राहतको सास फेरिरहेको सामसुङका लागि एप्पलले सेप्टेम्बरमा ६ इन्चको स्त्रिmनवाला आइफोन सिक्स ल्याउने कुरा चलेपछि ठूलै झट्का लाग्यो ।

Apple Vs Samsung

ठूलो स्त्रिmनवाला स्मार्टफोन किन्न ठिक्क परेका उपभोक्ताले समेत आइफोन सिक्स आउँछ र विचार गरौँला भनेर पर्खिन थाले । आइफोन सिक्सले बजार पिट्दा आफ्ना स्मार्टफोनको बिक्रि स्वात्तै घट्ने अनुमानकै कारण सामसुङले सन् २०१४ को तेश्रो त्रैमासिकका लागि ग्यालेक्सी स्मार्टफोनका पार्टस्को माग घटाएको थियो ।

तर आइफोन सिक्स सार्वजनिक हुने भनिएको दिन नजिकिँदै जाँदा चिन्ता बढाइरहेको सामसुङलाई अहिले केही हाइसन्चो भएको छ । आइफोन सिक्स पूर्वनिर्धारित मिति अर्थात् सेप्टेम्बरमा सार्वजनिक नहुने र त्यसको सार्वजनिकीकरणको तिथि कम्तीमा पनि ४ महिना पछि धकेलिने खबर आएको छ । समाचार अनुसार एप्पलको ५.५ इन्चवाला आइफोन सिक्स तयारी हालतमा छैन ।

४.७ इन्चको स्त्रिmनवाला आइफोन सिक्स जुन आउने भनिएको छ त्यो केवल आइफोन ५ एस भन्दा केही ठूलोमात्र हुनेछ र ग्यालेक्सी एस फाइभ र नोट थ्री भन्दा निकै सानो । यदि सेप्टेम्बरमा एप्पलले केवल ४.७ इन्चको स्त्रिmनवाला स्मार्टफोन सार्वजनिक गर्यो भने फ्याब्लेट बजारमा सामसुङको आधिपत्य यथावत् रहने पक्का छ ।

५.५ इन्चको स्त्रिmनवाला आइफोन सिक्सको निर्माणमा ढिलाइ हुनुको कारण स्मार्टफोनको किनारामा हुने टच सेन्सिटीभिटीको झण्झटका कारण स्मार्टफोन बनाउन कठिनाइ परेकैले हो । त्यसैले आइफोन सिक्स फ्याब्लेट अर्को वर्ष नलागिउन्जेल आउने सम्भावना छैन ।

आइफोन सिक्सको ढिलाइबाट उत्साहित हुँदै सामसुङले निकट भविष्यमै आफ्नो ग्यालेक्सी स्मार्टफोन र नोटको मूल्य समेत घटाउने सम्भावना छ । यसो गर्दा उसले आफ्नो बजार हिस्सा बढाउने मात्र होइन एन्ड्रोइड प्रमाणलीमा थप क्रेतालाई समेत आबद्ध गर्नसक्नेछ ।

एप्पलले मानोस् नमानोस् उसको आउनेवाला ५.५ इन्च वाला आइफोन सिक्सले बजारमा धमाका मच्चाउने सम्भावना भने छैन किनकी एप्पलका प्रयोगकर्ताले सानो आकारको फोन रुचाउँछन् । अझ के पनि भन्ने गरिएको छ भने एप्पलका ग्राहक र सामसुङका ग्राहक नितान्त फरक छन् । एप्पलको बजारमा ऊ एक्लो प्रतिस्पर्धी हो र उसको सामसुङका उत्पादनसँग कुनै प्रतिस्पर्धा नै हुन सक्दैन । उता एन्ड्रोइड मार्केटमा एसियाका हजार वटा एन्ड्रोइड फोन निर्माताहरुसँग सामसुङ एक्लै लडिरहेको छ ।

यदि यस्तो हो भने ५.५ इन्चवाला आइफोन आउन ढिला हुँदा एप्पलले डराउनु आवश्यक छैन ।

तर यदि यो सही हो भने यो समय सामसुङका लागि आफुलाई ठूलो स्त्रिmन तथा उच्च मूल्यका स्मार्टफोनको बजारमा आफु एक ससक्त खेलाडि हो भनेर प्रमाणित गर्ने समय हो ।

बिजनेस इन्साइडर बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment