Comments Add Comment

बजेटले माननीयहरुलाई स्वाद आएन : रायमाझी

३२ असार,काठमाडौं । एमाओवादीका नेता टोपबहादुर रायमाझीले बजेटले समानीयहरुलाई स्वाद नआएको बताएका छन् । संसदमा जारी बजेटमाथिको छलफलमा भाग लिँदै एमाओवादी सभासद रायमाझीले भने-‘मुर्गीकी ज्यान गई, मियाँको स्वाद नही । माननीयहरुलाई त स्वाद आएको छैन भने जनतालाई के होला ।’

दलाल पुँजीपतिको पक्षमा बजेट आएको भन्दै उनले जनविरोध र संघीय गणतान्त्रिक संविधानको पनि विपक्षमा रहेको बताए । शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न बजेट नछुट्याएकोमा असन्तुष्टी जनाउँदै उनले भने-‘शान्ति प्रक्रियाका बाँकी काम पुरा हुँदैन । विगतमा गरिएका निर्णयहरुलाई निरन्तरता दिइँदैन भने बजेटको विरोध मात्र होइन प्रतिरोध पनि हुन्छ ।’ शान्ति प्रक्रियाका बाँकी काम पूरा नभए संविधान नबन्ने समेत उनले चेतावनी दिएका छन् ।

एमाओवादी सभासद रायमाझीले बजेटमा जनयुद्व, मधेस आन्दोलन सबैलाई बिर्सिएको आरोप लगाए । संविधान बनाउनु पर्ने बेलामा स्थानीय निकायका लागि रकम छुट्याएको उनले विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment