+
+
Shares

३१ बर्षकी भइन् कट्रिना, भन्नुहोस्-‘ह्याप्पी बर्थ डे’

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३२ गते १४:२१

katrina-kaif

बलिउड नायिका कट्रिना कैफ आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । चलचित्र ‘बुम’बाट बलिउडमा प्रवेश गरेकी कैफ आज सर्वाधिक चर्चा र उचाइमा छिन् । बलिउडमा नायक सलमान खानसँगको प्रेम प्रसंगले उनी चर्चामा थिइन् । तर आज उनको र नायक रणवीर कपुरको प्रेम निक्कै उचाइमा छ ।

१६ जुलाई, १९८३ मा उनको जन्म हङकङमा भएको थियो । उनको चर्चा अभिनयसँगै नायकहरुसँगको प्रेम चर्चाले पनि हुने गर्दछ । उनकोे वास्तविक नाम कट्रिना टारकेटी हो । उनले आफ्नो जिन्दगीको धेरै बर्ष १८ वटा देशमा बिताएकी छिन् ।

उनको सात दिदी बहिनी छन् । उनको घुम्ने बानी छ । कटि्रनाले बलिउडमा थुप्रै हिट सिनेमा दिइसकेकी छिन् । उनको बलिउड यात्रा ११ बर्षमा चल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?