Comments Add Comment

आन्दोलन गर्ने मुक्त कमैयाहरुको चेतावनी

३२ असार, काठमाडौं । मुक्ति घोषणा गरेपनि उचित पूनःस्थापना हुन नसकेेको भन्दै मुक्त कमैया पुनःस्थापना निगरानी केन्दि्रय संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले मुक्तिको घोषणा गरेको १४ बर्ष वितिसक्दा उचित पुनःस्थापना नभएको मुक्त कमैयाहरुले बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी संघर्ष समितिले सरकारले मुक्त कमैयाहरुलाई आश्वासन मात्रै दिएको र पुनःस्थापनाको विषयमा गम्भीर नभएको आरोप लगाए । संघर्ष समितिका संयोजक बिन्तीराम थारुले राजनीतिक दलले पनि मुक्त कमैयाहरुलाई विभिन्न फोस्रा नाराहरु बाँडेर चुनाव जित्नका लागि भोट बैंकको रुपमा प्रयोग गरेको बताए ।

उनले १५ दिनभित्र सरकारले पुनःस्थापनाको विषयमा ठोस कदम नचाले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए । कांग्रेसका सभासद डील्लीबहादुर चौधरीले संघर्ष समितिले उठाएका जायज मागहरुको उचित सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

संघर्ष समितिले सरकारसंग उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाउनुपर्ने, मुक्त कमैयाको परिवारलाई ५ कठ्ठा जग्गा दिनुपर्ने, घर निर्माणको लागि नगद र काठ उपलब्ध गराउनुपर्ने, विगतमा भएका सहमति कार्यन्वयन हुनुपर्नेसहितका ८ बुँदे माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment