Comments Add Comment

मधेशी केन्द्रीय सदस्यमा ओलीको बहुमत

३२ असार, काठमाडौं । नेकपा एमालेको मधेशी आरक्षण कोटाका केन्द्रीय सदस्यमा बहुमत उम्मेदवार केपी ओली प्यानलका जितेका छन् ।

ओली पक्षबाट रामप्रित पासवान, श्रीप्रसाद साह, कमलादेवी महतो र बलवीर प्रसाद चौधरी केन्द्रीय सदस्यमा बिजयी भएका छन् । यस्तै  योगनारायण यादव, सत्य नारयण मण्डल र जिवछ साह विजयी भएका छन् । 

त्यस्तै माधव नेपाल प्यानलका सत्रुघन महतो , बलदेव चौधरी  बिजयी भएका छन् । 

मुस्लिममा सबै ओली पक्षबाट निर्वाचित भएका छन् । पूर्ण केन्द्रीय सदस्यमा नजिर मिया र शिराज अहमद फरुकी निर्वाचित भएका छन् भने बैकल्पिकमा तैयव हुसेन निर्वाचित भएका छन् ।

 यता पिछडिएको क्षेत्रका तीनैजना उम्मेदवार केपी ओली प्यानलका जितेका छन् । पिछडिएको क्षेत्रबाट बिजयी हुनेहरुमा लालवहादुर थापा र भैरसुन्दर श्रेष्ठ पूर्ण र मोहन बानिया बैकल्पिक केन्द्रीय सदस्य भएका छन् । सम्पर्क बिभागतर्फको केन्द्रीय सदस्यमा भने नेपाल पक्षका बिजय गुरुङले बिजय पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment