Comments Add Comment

चितवनका १२ गाविस विपदको उच्च जोखिममा

१ साउन, चितवन । चितवनका ३१ गाविसमध्ये १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । सुगम जिल्ला भनेर चिनिएको चितवनका ३१ गाविसमध्ये १२ वटा गाविसलाई जिल्ला विपद् व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षती न्यूनीकरणको तयारी गरेको जिविस प्रकोप व्यवस्थापन स्रोत व्यक्ति बलाम लुईंटेलले जानकारी दिए ।

ती गाविससँगै रत्ननगर र भरतपुर नगरपालिकाका केही वडालाई पनि बाढीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र पनि उच्च जोखिममा रहेको लुईंटेलले बताए । जिल्ल्ाा विपद व्यवस्थापन समितिको तथ्याङ्कअनुसार चितवनको कल्याणपुर, गर्दी र बघौडा गाविस रिउ नदीलगायत अन्य खहरे खोलाको उच्च जोखिममा छन् ।

यस्तै मेघौली, मङ्गलपुर, दिव्यनगर, कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छ भने जगतपुर, कठार, पिप्ले, भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएको लुईंटेलले बताए । प्रकोपकै कारण नारायणी र राप्ती नदी छेउछाउका सयौँ स्थानीय बासिन्दा पटक पटक विस्थापित हुन पुगेका छन् ।

गएको असार २८ र २९ गते माडीमा आाएको बाढीले एकजनाको ज्यान लिएको थियो भने यहाँको गर्दी, कल्याणपुर र बघौडा गाविसका ६०० भन्दा बढी घर डुबानमा पारेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment