Comments Add Comment

ठूलाले आत्महत्या गरेको देखेर १२ वर्षीय बालकले गरे आत्महत्या

१ साउन, काठमाडौं । छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ मा अध्ययनरत एक बालकले आत्महत्या गरेका छन् ।

ओखलढुङ्गा जिल्ला कुहीभीर- ७ स्थायी घर भई हाल नयाँपाटी- ४ बस्दै आएका १२ वर्षीय सिद्धार्थ कोइरालाले बुधबार डेरा गरी बस्दै आएको उत्तम राईको घरको छतमा झुन्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

नयाँपाटीमै रहेको चण्डिकाश्वरी अङ्ग्रेजी माविमा अध्ययनरत कोइराला मंगलबार विद्यालय छुट्टी भएपछि नयाँपाटी- २ मा घर बनाई बस्दै आएका काभ्रेपलाञ्चोक जिल्ला मदनकुडारी- १ का स्थायी बासिन्दा  ३५ वर्षीय बुद्धिलाल तामाङले घरमा झुन्डिएर आत्महत्या गरेको दृश्य हेर्न गएका थिए ।

झुन्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दामोदर दवाडीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment