Comments Add Comment

बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : अर्थमन्त्री

१ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले यस पटक शतप्रतिशत बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । अर्थमन्त्री भने-‘मैले पेश्की खर्च विद्येयक पास हुने वित्तिकै अर्थमन्त्रालयका उच्च अधिकारी र विभिन्न मन्त्रालयकाउच्च अधिकारीहरुलाई तत्काल बजेट कार्यान्वयनको प्रक्रिया थाल्न निर्देशन दिइसकेको छ । यस पटक समयमै बजेट कार्यान्वयन हुन्छ ।’

Ram-saran-mahatबजेटलाई कार्यान्वयन गर्दै मुलुकमा लगानी भित्र्याएर आर्थिक क्रान्तिको प्रारम्भ गर्न बजेटसँगै दर्जनौं विद्येयकहरु संसदमा प्रस्तुत गरेको भन्दै उनले बजेट अनुमोदन भएपछि नेपालको समृद्धिको अभियान सुरु हुने ठोकुवा गरे ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा महतले माओवादी विकास विरोधी नभएको भन्दै बजेटसँगै संसदको यही अधिवेशनबाट विद्येयक पारित हुने बताए । बजेटले भौतिकपूर्वाधारको निर्माण गर्ने, आधुनिककरण र यान्त्रिकरणसँगै कृषि क्षेत्रलाई नयाँ जीवन दिने दावी गरे ।

कांग्रेस उदारवादको पक्षपोषक भएको भन्दै उनले माओवादीसँग कुरा मिल्दै नसक्ने बताए मधेसको विकास कांग्रेसको सरकारको पालामा भन्दा बढी कसैले गर्न नसकेकोल भन्दै उनले मधेसी दलहरुले विरोध गर्नुको औचित्य नरहेको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment