Comments Add Comment

विश्व विजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा, नेपाल १६४ औं मा

Garmany-with-world-truffy

१ साउन, काठमाडौं । विश्वकप विजेता जर्मनी फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनी १७२४ अंकका साथ शीर्ष स्थानमा पुगेको हो । यसअघि दोस्रो स्थानमा थियो ।

उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा छ भने नेदरल्याण्ड तेस्रो स्थानमा छ । डच टोली १२ स्थानमाथि उक्लिएको हो । कोलम्बिया चौथो, बेल्जियम पाँचौं र उरुग्वे छैटौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको विश्वपकमा सेमिफाइनल पुगेपनि ब्राजिल चार स्थान तल झर्दै सातौं स्थानमा आइपुगेको छ ।

समूह चरणबाटैबाहिरिएको स्पेन सात स्थान तल झरेर आठौं स्थानमा छ । यसअघि लगातार चार वर्ष स्पेनले शीर्ष स्थान ओगटेको थियो ।

स्विट्जरल्याण्ड नवौं स्थानमा पुग्दा फ्रान्स सात स्थानमाथि उक्लिएर १० औं स्थानमा छ । पोर्चुगल सात स्थान तल झरेको छ र ११ औं स्थानमा पुगेको छ भने इटली पाँच स्थान तल झरेर १४ औं स्थानमा छ । इङ्ल्याण्ड १० स्थान तल झरेको छ र विश्व बरियता क्रममा २० औं स्थानमा छ ।

एशियाली पावर हाउस जापान एक स्थानमाथि उक्लिएर ४५ औं स्थानमा छ भने दक्षिण कोरिया ५६ औं स्थानमा आइपुगेको छ ।

सार्क मुलुकमा अफगानिस्तान शीर्ष स्थानमा छ । २ सय १७ अंक पाएको अफगान एक स्थानमाथि उक्लिएर १२९ औं स्थानमा पुगेको छ । नेपाल १६४ औं स्थानमा कायमै छ । नेपालले १०२ अंक पाएको छ ।

माल्दिभ्स १ सय ४५ औं स्थानमा छ । माल्दिभ्स दुई स्थानमाथि उक्लिएको हो । भारत तीन स्थानमाथि उक्लिएको छ १४४ अंकका साथ १५१ औं स्थानमा छ । बंगलादेश चार स्थानमाथि उक्लिएर १६३ औं स्थानमा छ । पाकिस्तान एक स्थान तल झरेर १६५ औं स्थानमा पुगेको छ । श्रीलंका १७८ औं स्थानमा छ भने भुटान पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment