Comments Add Comment

पोखराको सुकुम्बासी बस्ती डुबानमा

सन्देश श्रेष्ठ

seti-ma-badi--(1)

२ साउन, पोखरा । गएरातीदेखि परेको अविरल वर्षाका कारणा सेती नदीमा बाढी आउँदा पोखराको रामघाटस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

सेतीमा बढेको बाढीले सुकुम्बासी बस्तीका करिब २२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाढीले बस्ती नै डुबानमा परेपछि स्थानीयले राति नै गुहार मागेका थिए । राति करिब २ बजे सुकुम्बासी बस्ती डुबानमा परेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको टोलीले उद्धार गरेको थियो ।

बस्तीका केही बासिन्दा डुबान सुरु हुने वित्तिकै भागेका थिए भने बाँकी ५ जनालाई प्रहरीले आज विहान पौने ५ बजे मात्र उद्धार गरेको थियो । प्रहरीले स्थानीय मानवहादुर श्रेष्ठ, चन्द्रबहादुर कामी, मिना कामी, उनको छोरा शिशिर र छोरी सजिना कामीलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वर्षा केही कम भएकाले बाढी पनि घटदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment