Comments Add Comment

चिनी र वियरको उत्पादन बढ्ने, मदिरा, सूर्ति र चियाको घट्ने

Tea-and-Sugar
२ साउन, काठमाडौं । खाद्यन्न, गैर धातु, आधारभूत रसायन र हल्का पेयपदार्थको उत्पादन बढ्ने भएपछि समग्र औद्योगिक उत्पादन बढ्ने भएको छ । आर्थिक वर्ष २०७०/७१ को तेस्रो त्रैमासमा दोस्रो त्रैमासको तुलनामा औद्योगिक उत्पादन १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले तेस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गर्दै औद्योगिक उत्पादन बढ्ने अनुमान गरेको हो । तथ्यांक विभागका अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस त्रैमासमा समग्र औद्योगिक उत्पादन १४.४ प्रतिशतले बढ्ने अनुमान छ ।

औद्योगिक वर्गीकरणको तहबाट हेर्दा तेस्रो त्रैमासिकमा अघिल्लो तीन महिनाको तुलनामा २३ औद्योगिक वस्तुहरुमध्ये १८ समूहको उत्पादन बढ्ने र ५ वटा समूहको घट्ने अनुमान लगाइएको छ । यस अवधिमा सबैभन्दा बढी अन्य खाद्यन्न समुहको उत्पादन ८३.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

त्यसैगरि, आधारभुत रसायन समूह, गैरधातु समूह र हल्का पेय पदार्थको उत्पादनहरु क्रमशः ४५ प्रतिशत, ३७.४ प्रतिशत र २६.४ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । त्यस्तै, काठ चिरान तथा काठ सम्बन्धी समूह, प्रशोधित छाला समूह, कागज तथा कागजजन्य समूहको उत्पादन २० प्रतिशतभन्दा बढीले वृद्धि हुने तथ्यांक विभागको अनुमान छ ।

विभागका अनुसार फलाम तथा स्टील समूह, अन्य रसायन समूह र काठजन्य समूहको उत्पादनहरु १० प्रतिशतभन्दा बढी प्रतिशतले वृद्धि हुने अनुमान लगाइएको छ भने सूर्तिजन्य समूहको उत्पादन सबैभन्दा बढी १०.५ प्रतिशतले ह्रास आउने भएको छ । खाद्यन्न कुटानी पिसानी समूह, फर्निचर र प्रशोधित पेट्रोलियमको उत्पादनहरु क्रमशः ८.८ प्रतिशत, ४.८ प्रतिशत र ४.५ प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ ।

चिनीको उत्पादन बढ्ने, चियापत्तीको घटने

वस्तुगत तहमा हेर्दा दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा ४४ वटा औद्योगिक वस्तुहरुमध्ये ३१ वस्तुहरुको उत्पादन बढ्ने र १३ वस्तुहरुको उत्पादन घट्ने प्रारम्भिक अनुमान तथ्यांक विभागको छ ।

तेस्रो त्रैमासमा चिनीको उत्पादन वृद्धि ५.७ प्रतिशत रहने र प्रशोधित चियाको उत्पादन ४६ प्रतिशतले कमी आउने भएको छ । समिक्षा गरिएको समयमा चिनी उत्पादनको सबैभन्दा उच्च हुने भएपनि यो वृद्धिदर हालसम्मकै उच्च रहेको तथ्यांक विभागले जनाएको छ ।

मौसमी प्रभाव पर्ने हल्का पेय पदार्थ, हृयूम पाइप र रोजिनको उत्पादन वृद्धि क्रमशः १०१।२ प्रतिशत, ५५.८ प्रतिशत र ४५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ भने सिमेन्ट, साबुन, इँटा, जिआइ पाइप, कार्टुन बक्स, चिरान काठ, प्रशोधित छाला र वियरको उत्पादन २० प्रतिशत भन्दा बढी बढ्ने अनुमान गरिएको छ ।

बनस्पती घिउ, प्लाइउड, तोरीको तेल, कंक्रिट, चाउचाउ, कार्पेट, बिजुलीको तार तथा पेन्टको उत्पादन १० प्रतिशत भन्दा बढीले बढ्ने अनुमान गरिएको छ ।

जुटका सामान, गहुँको पिठो र चकलेटको उत्पादनमा क्रमशः १८ प्रतिशत, १६.५ प्रतिशत र १२.६ प्रतिशतले कमी आउने अनुमान छ । सोही अवधिमा विस्कुट, चुरोट, चामल, मदिरा, भटमासको तेलेको उत्प्ादन सामान्य रुपमा घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment