Comments Add Comment

प्रहरी सहायक निरीक्षकबाटै किशोरी बलात्कृत !

२ साउन,  अछाम । अछाममा कार्यरत प्रहरी सहायक निरीक्षकमाथि १५ वर्षीया किशोरीलाई बलात्कार गरेका आरोप लागेको छ । अछामको दुर्गमक घुघरकोट गाविस-२ की एक किशोरीलाई प्रहरी सहायक निरीक्षक लालमणि नाथले असार ३० गते बलात्कार गरेको भन्दै विहीबार जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी परेको छ ।

घटनालगत्तै बलात्कारको अभियोग लागेका असई नाथलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । किशोरीका अभिभावकले असई नाथविरुद्द जाहेरी दर्ता गरेपछि शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लक्षमण खड्काले अनलाइनखबरलाई जानकारी दिए । प्रहरी प्रमुख खड्काले भने-‘किशोरीको बिहीबारै आवश्यक स्वास्थ्य जाँचपछि अभिभावको जिम्मा लगाएका छौं ।’

बलात्कारको अभियोग लागेपछि असई नाथलाई निलम्बन गर्न बिहीबारै सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा पत्र पठाइसकेको निमित्त प्रहरी प्रमुख खड्काले बताए । बैतडी जिल्लाको रुद्रेस्वरका स्थायी बासिन्दा असई नाथ इलाका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत थिए । असार ३० गते साँझबाट हराएकी किशोरी ३२ गतेमा सम्पर्कमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment