+
+
Shares

जति हेर्‍यो, उति हेरौं लाग्ने धौलागिरी छायाँ ! (फोटो फिचर)

३ साउन, काठमाडौं । आँखै अगाडि विश्वको सातौं अग्लो धौलागिरी हिमाल हेर्दा कसको पो मन नरमाउला ? तपाई एकचोटि यो ठाउँमा पुग्नुभयो भने हत्पति फर्केर आउन मन लाग्दैन ।

धौलागिरी हिमाल हेर्नका लागि म्याग्दीको पुनहिल सबैभन्दा उपयुक्त स्थान हो । घोरेपानीबाट आधा घण्टाको उकालोपश्चात पुग्न सकिने पुनहिलबाट देखिने धौलागिरी हिमश्रृखला यति मनमोहक छ कि यसलाई शब्दले व्याख्या गर्ने सकिँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते १५:५९

Pun hill tour (1)

शब्द/तस्वीर : भरतबन्धु थापा

३ साउन, काठमाडौं । आँखै अगाडि विश्वको सातौं अग्लो धौलागिरी हिमाल हेर्दा कसको पो मन नरमाउला ? तपाई एकचोटि यो ठाउँमा पुग्नुभयो भने हत्पति फर्केर आउन मन लाग्दैन ।

धौलागिरी हिमाल हेर्नका लागि म्याग्दीको पुनहिल सबैभन्दा उपयुक्त स्थान हो । घोरेपानीबाट आधा घण्टाको उकालोपश्चात पुग्न सकिने पुनहिलबाट देखिने धौलागिरी हिमश्रृखला यति मनमोहक छ कि यसलाई शब्दले व्याख्या गर्ने सकिँदैन ।

नेपालमा पदयात्राका लागि आउने पर्यटकहरुको रोजाइको उत्कृष्ट दश स्थानभित्र पुनहिल पदयात्रासमेत पर्दछ । पुनहिल पदयात्राका दुईवटा विकल्प छन् । एउटा पुनहिलसम्म पदयात्रा मात्रै र अर्कोचाँहि पुनहिल हँुदै अन्नपूर्ण हिमालको आधार शिविरसम्मै यात्रा गर्न पनि सकिन्छ ।

Pun hill tour (2)

पोखरादेखि पुनहिल हुँदै फेरि पोखरा फर्कनका लागि पाँच दिन समय लाग्छ । पोखरादेखि पहिलो दिन तीखे ढंुगा, दोस्रो दिन घोरेपानी र तेस्रो दिन घोरपानीमा सूर्य उदाएको दृश्य अवलोकन गर्न पुनहिल टावर पुगिन्छ र पुनहिलबाट पुनः घोरेपानी फर्केर टाडापानीमा बास बस्न पुगिन्छ । त्यस्तै चौथो दिन घान्द्रुक र पाँचौं दिन पोखरा र्फकन सकिन्छ ।

पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण आधार शिविर पुगेर पुनः पोखरा आउनलाई ११ दिनको पदयात्रा गर्नुपर्ने हुन्छ ।

Pun hill tour (7)

Pun hill tour (4)

Pun hill tour (13)

Pun hill tour (3)

Pun hill tour (5)

Pun hill tour (8)

Pun hill tour (11)

Pun hill tour (12)

Pun hill tour (10)

Pun hill tour (14)

Pun hill tour (16)

Pun hill tour (17)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?