Comments Add Comment

एमाओवादीले विभिन्न विभागलाई पूर्णता दिने

४ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आइतबार बस्दैछ । बैठकमा केन्द्रीय सल्लाहकार समिति र  केन्द्रीय परिषदलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

यसअघि बसेको स्थायी समितिको बैठकले पार्टी भित्रको वैचारिक बहस व्यवस्थापनका लागि भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ६ सदस्य भएको एक समिति र संगठनभित्रको विवाद मिलाउन सचिव वर्षमान पुनको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

त्यस्तै आजको बैठकमा सरकारले ल्याएको बजेटको समिक्षाका साथै पार्टीको रणनीतिका बारेमा पनि छलफल हुने एमाओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment