Comments Add Comment

छुरा प्रहार गरी छोराको हत्या

४ साउन, डोटी । डोटीको छतिवन गाविसमा बाबुले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । छतिवन गाविस ३ पत्तडाका ३४ वर्षका हरिशराम विकले मदिरा सेवन गरेको अवस्थामा घरमा विबाद उत्पन्न भएपछि १७ वर्षका छोरा नविनराम विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बाबु र छोराबीच यसअघि पनि पटक-पटक विवाद भैरहने र यसपटकको विवाद अंशबण्डाका विषयमा भएको परिवार स्रोतले जनाएको प्रहरी निरिक्षक हर्क रावलले जानकारी दिए ।

छोराको हत्यापछि बुबा हरिशराम फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment