Comments Add Comment

अविरल वर्षाले पहिरोको जोखिम बढ्दो

४ साउन, बैतडी । पाँच दिनदेखि निरन्तर परेको वर्षाले बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, कैलाली, कंञ्चनपूर लगायतका जिल्लाको जनजिवन प्रभावित भएको हो ।

निरन्तर वर्षा हुँदा विभिन्न ठाउँहरुमा बाढी पहिरोको जोखिम बढ्दै गएको छ । तराईको अधिकांश भू-भाग डुवानमा परेको छ । पुलको सुविधा नभएका खोलाहरु वारपार गर्न समस्या भएको छ ।

तीन परिवार विस्थापित

लगातारको पानीले घर माथिबाट पहिरो जाने क्रम सुरु भएपछि बैतडीको न्वाली गाविसका तीन परिवार विस्थापित भएका छन् । स्थानीय केशव ठगुन्ना, धन सिंह ठगुन्ना र शंकर ठगुन्नाको घर जोखिममा परेका हुन् ।

वर्षायाम सुरु भएसँगै बैतडीका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण आएको पहिरोले बैतडीको न्वालीकै वडा नं. ६ मा सडक अवरुद्ध भएको छ । वर्षाका कारण कच्ची बाटोमा ठाउँ ठाउँमा पहिरो गएकोले कच्ची सडकहरुमा यातायात अवरूद्ध भएको र गाडी सञ्चालनमा रोक लगाइएको यातायात व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment