Comments Add Comment

बाँकेमा एक वर्षको सवारी दुर्घटनामा ३१ को मृत्यु

आरपी सुवेदी

४ साउन, नेपालगन्ज । सडक दुर्घटनामा बाँकेमा एक वर्ष यता ३१ जनाको मृत्यू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष ०७०/७१ मा ५० वटा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको छ । ७१ जना घाईते भएका छन् ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गणेश सिंह महताले सवारी दुर्घटना हुनेमा सबै भन्दा बढी मोटरसाईकल रहेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार १ वर्ष भित्रमा भएको ५० वटा सवारी दुर्घटना मध्ये २९ वटा सवारी दुर्घटना मोटरसाइकलका मात्र छन् । आ व ०६९/०७० मा ३४ वटा दुर्घटनामा ९ जनाको ज्यान गएको थियो भने ६३ जना घाईते भएका थिए ।

ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक पदम बुढामगरका अनुसार ०७०/७१ मा १४ हजार ८ सय ३६ वटा सवारी साधान ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारवाहीमा परेको जानकारी दिदै सो कारवाहीबाट २७ लाख ९८ हजार ९ सय राजश्व संकलन भएको छ ।

उनले मापसे चेकजाँचमा ४५ जना चालकलाई कारवाही गर्दा ४५ हजार राजश्व संकलन भएको, ७ वटा स्कुलमा ट्राफिक चेतना बारे सूचना तथा शिक्षा कक्षा सञ्चालन गरिएको र ५ सय ९२ जना विद्यार्थीलाई अनुशिक्षण दिइएको जानकारी दिए ।

ट्राफिक असई बुढामगरले १० पटक गरी चार सय ९५ जना चालक, सहचालक, वस सञ्चालकलाई अनुशिक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment