Comments Add Comment

एघार महिनामा साढे ३९ अर्बको सवारी तथा पार्टस आयात

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ को एघार महिनामा ३९ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ बराबरका सवारी तथा पार्टसहरु आयात भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.४४ प्रतिशतले बढी हो ।

i-10-new-car-in-nepalनेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६९/०७० को एघार महिनामा ३० अर्ब ६९ कारोड ५४ रुपैयाँ बराबरका सवारी तथा पार्टसहरु आयात भएका थिए ।

समिक्षा अवधिमा भारतबाट ३३ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका छन भने अन्य मुलुकहरुबाट ६ अर्ब २३ करोड २१ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका छन् ।

सवारीको आयात बढेपछि पेट्रोलियमको आयात समेत एघार महिनाको २३.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब ३६ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा ९८ अर्ब ५ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम आयात भएको थियो ।

यस अवधिमा नेपालको कुल बस्तु निर्यात ८१ अर्ब ७३ करोड रुपैयाँ बराबर रहेको छ । कुल वस्तु निर्यात भन्दा पेट्रोलियम पदार्थको आयात ४० अर्ब रुपैयाँ भन्दा बढी हो । एघार महिनामा विभिन्न मुलुकबाट ६ खर्ब ४५ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तुहरु आयात भएका छन् । जसले गर्दा यस अवधिमा नेपालको कुल व्यापार घाटा  २८.६ प्रतिशतले बढेर ५ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment