Comments Add Comment

रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट : हेनरी

Messi

४ साउन, काठमाडौं । आर्सनलका लिजेन्ड थिएरी हेनरीले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी विश्वकै उत्कृष्ट भएको बताएका छन् ।

रियल मडि्रडका क्रिष्टियानो रोनाल्डो र लिभरपुलबाट बार्सिलोना गएका लुइस स्वरेज राम्रा खेलाडी भएपछि मेस्सीलाई कसैले भट्टाउन नसक्ने उनले बताए । बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका हेनरीले भनेका छन्-म रोनाल्डोको पनि सम्मान गर्छु । तर, मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

मेस्सीलाई भगवानले फुटबल खेल्ने क्षमता उपहार दिएको भन्दै उनले रोनाल्डोले भने त्यसका लागि मेहनत गर्नु परेको बताए । यद्यपि मेस्सीले मेहनत नै गर्दैनन् भन्ने आफ्नो आशय नभएको भन्दै उनले भनेका छन्-‘तर, उनको क्षमता धेरै प्रकृतिक छ ।’

फ्रान्सका पूर्व स्ट्राइकर हेनरीले स्वरेजलाई बार्सिलोनामा चम्कने मौका रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment