Comments Add Comment

एमालेका मजदूर १२ करोडका मालिक

४ साउन, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ गते संविधान जारी गर्नै पर्ने भएकाले अशोजभित्र संविधानको मस्यौदा तयार नहुदासम्म विदेश नजान र कात्तिक मशान्तसम्म मस्यौदा नलिई जिल्ला नजान सभासदहरुलाई आग्रह गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको २५ औं स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङले सभासदलाई यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष नेम्वाङले नेपालको निरंकुशता विरोधी आन्दोलनको मोर्चामा मजदुरहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै नेपाली श्रमिकहरुलाई संगठित पार्दै सुदृढ बनाउन जिफन्टले महत्वपूर्ण काम गरेको धारणा व्यक्त गरे । आउदो माघ ८ सम्म संविधान निर्माण तथा यसका तयारी काममा दवाव सृजना हुनेगरी अभियान सञ्चालन गर्न दवावमुलक आन्दोलन गरेर सहयोग गर्न जिफन्टलाई नेम्वाङले आग्रह गरे ।

कार्यक्रममा अध्यक्षात्मक टिपोटहरु प्रस्तुत गर्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले २५ वर्षअघि झोला र केही कागजातबाट सुरु गरेको जिफन्टको आन्दोलनले नेपालको ट्रेड यूनियन आन्दोलनको अगुवा यूनियनको रुपमा काम गरिरहेको बताए । उनले आधुनिक भवन सहित १२ करोड भन्दा बढी भौतिक संरचना निर्माण गर्न जिफन्ट सफल भएको जानकारी दिए ।

कार्यक्रममा जिफन्ट निर्माणताकाका योजनाकारहरु तथा जिफन्ट स्थापना कालदेखि अहिलेसम्म योगदान पुर्‍याउने अग्रजहरुलाई सम्मान गरिएको थियो सम्मानित हुनेहरुमा जिफन्टका पूर्व अध्यक्ष मुकुन्द न्यौपाने, एमाले नेता प्रदिप नेपाल, जिफन्ट सस्थापक उपाध्यक्ष हरीप्रसाद शर्मा रहेका छन् । त्यस्तै डा. शिव शर्मा, सोम राई, महेन्द्रलाल श्रेष्ठ र किरण माली पनि सम्मानित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment