Comments Add Comment

सूचना प्रविधि क्षेत्रका १४ चर्चित अर्वपतिहरु

बिल गेट्स, ल्यारी इलिसन र जेफ बेजोस सूचना प्रविधिको क्षेत्रका सबैभन्दा धनाढ्य अमेरिकीहरु हुन् । यि तिन जना अमेरिकीहरु मात्र होइन विश्वका अन्य देशमा पनि धेरैजना त्यस्ता टेक टाइकुनहरु छन् जो धनाढ्य त छन् नै आफ्नो देशमा सूचना प्रविधिको क्षेत्रमा एक प्रकारको क्रान्ति ल्याउन सफल भएका छन् ।

फोब्र्स म्यागेजिनको विश्वका अर्वपतिहरुको सूचिलाई हेर्नेहो भने विश्वका अर्वपतिहरुको सूचिमा सूचना प्रविधि क्षेत्रका अर्वपतिहरु पनि प्रसस्तै छन् । यहाँ त्यस्ता १४ वटा देशका प्रविधि अर्वपतिहरुको नाम दिइएको छ जसले विश्वमा सूचना प्रविधिको विकाशमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

brazil-eduardo-saverin

१. इडुआर्डो सावेरिनः ब्राजिलका यी अर्वपतिको कुल सम्पत्ति ४ अर्ब ३० करोड डलर छ । फेसबुकका सहसस्थापक सावेरिन ब्राजिलमा जन्मिएर अमेरिकामा शिक्षादीक्षा लिएका हुन् । सन् २०१२ मा अमेरिकी नागरिकता त्यागेर उनी सिंगापूरतिर लागे । उनी विश्वका अर्वपतिको सूचिमा ३७५ औँ स्थानमा छन् ।

canada-david-cheriton

२.डेभिड चेरिटनः क्यानडाको भ्यानकुभरका बासिन्दा चेरिटनको सम्पत्ति ३ अर्ब १० करोड डलर बराबरको छ । कम्प्युटर विज्ञानका प्राध्यापक समेत रहेका चेरिटन गुगलका सुरुवाती लगानीकर्ता मध्येका एक हुन् ।साथै एरिस्टा नेटवर्कमा पनि उनको लगानी रहेको छ । विश्वका अर्वपतिको सूचिमा उनी ५७८ औँ स्थानमा छन् ।

china-ma-huateng

३. मा हुवाटेंग – चीनका मा हुवाटेंगको सम्पत्ति १४ अर्ब ४० करोड छ र उनी विश्वका ७८ औँ अर्वपति हुन् ।उनी चीनको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी टेन्सेन्टका संस्थापक हुन् । टेन्सेन्टले मोबाइल म्यासेजिङ एप वि च्याटको निर्माण गरेको हो ।मा चीनका दोश्रो धनी व्यक्तिमा पर्छन् ।

france-xavier-niel

४. जाभियर नाइल – फ्रान्सका नाइको सम्पत्ति ९ अर्ब ८० करोड डलर छ । विश्वका अर्वपतिको सूचिमा १३३ औँ स्थानमा रहेका नाइल टेलिकम कम्पनी इलियाडका मालिक हुन् ।

germany-hasso-plattner५. हासो प्लाटनर- विश्वको अर्वपतिको सूचिमा १५४ औँ स्थानमा पर्ने जर्मनीका प्लाटनरको सम्पत्ति ८ अर्ब ८० करोड डलर रहेको छ ।उनी जर्मन सफ्टवेयर कम्पनी एस ए पी का संस्थापक हुन् । उनीसँग विलासी सामुदि्रक जहाजका साथै दक्षिण अफ्रिकामा विलासी गल्फ मैदान पनि छ ।

india-azim-premji६. अजिम प्रेमजी – भारतका प्रेमजीको सम्पत्ति १५ अर्ब २० करोड डलर छ । विश्वका अर्वपतिको सूचिमा ७० औँ स्थानमा रहेका उनी बैंगलोरमा रहेको आइटी कम्पनी वि प्रोका अध्यक्ष हुन् । सूचना प्रविधिको क्षेत्रमा भारतका सबैभन्दा धनी प्रेमजी एसियाकै सबैभन्दा दानी धनाढ्यमा पर्छन् । उनीले मानवीय कल्याणका लागि ४ अर्ब ४० करोड डलर दान गरेका छन् ।

israel-gil-shwed

७. गिल शवेद- १ अर्ब ८० करोड सम्पत्ति रहेका शवेद इजरायलको सफ्टवेयर कम्पनीका प्रमुख कार्यकारी हुन् । उनी विश्वका अर्वपतीको सूचिमा १०३२ औँ नम्वरमा पर्छन् ।

japan-hiroshi-mikitani

८. हिरोसी मिकितानी- जापानको मिकितानीको सम्पत्ति ८ अर्ब १० करोड छ । विश्वका अर्वपतकिो सूचिमा १७५ औँ स्थानमा रहेका उनी जापानको सबैभन्दा ठूलो विद्युतिय व्यापार साइट राकुतेनका प्रमुख कार्यकारी तथा अध्यक्ष हुन् । उनले अन्य विभिन्न टेक कम्पनीमा पनि लगानी गरेका छन् ।

malaysia-goh-peng-ooi.jpg

९. गो पेंग वइ- मलेसियाका गो पेंगको सम्पत्ति डेढ अर्ब छ र उनी विश्वका १२ सय १३ औँ धनी व्यक्ति हुन् । मलेसियाको चर्चित ब्यांकिङ सफ्टवेयर कम्पनी सिल्भरलेक एक्सिसका मालिक गोले अमेरिकी कम्पनी आइ बि एममा एक दशकसम्म काम गरेका थिए ।

singapore-jason-chang

१०. ज्यासन चांग- सिंगापुरका चांगको सम्पत्ति ३ अरब डलर छ र उनी विश्वका ५ सय ८१ औँ धनाढ्य हुन् । उनी विश्वकै सबैभन्दा ठूलो सेमिकण्डक्टर प्याकेजिङ कम्पनी एडभान्स सेमिकण्डक्टर इन्जिनियरिङका अध्यक्ष हुन् ।

south-korea-kim-jung-ju

११. किम जोंग जु- १ अर्ब ८० करोड डलरका मालिक किम दक्षिण कोरियाका धनाढ्य हुन् जसले विश्वकै पहिलो अनलाइन गेमको निर्माण गरेका थिए । विश्वका धनाढ्यको सूचिमा ९९८ औँ नम्बरमा रहेका किम दक्षिण कोरियाको सबैभन्दा ठूलो अनलाइन गेमिङ कम्पनी नेक्सनका मालिक हुन् ।

taiwan-terry-gou

१२. टेरी गोउ- ताइबानका टेरी अध्यक्ष रहेको फक्सकनले एप्पल जस्ता चर्चित कम्पनीका लागि पाटपुर्जाहरु बनाउने गर्छ । उनको सम्पत्ति ७ अर्ब १० करोड छ र उनी विश्वका १९९ औँ धनी मान्छे हुन् ।

united-kingdom-michael-lynch

१३. मिचेल लिन्च- बेलायतका लिन्च तब अर्वपति बने जब उनको अटोनोमी नामक सफ्टवेयर कम्पनी एच पी ले मोटो रकममा किन्यो । अहिले उनले इन्भोक क्यापिटल नामक पुँजी र्फम चलाउँदै आएका छन् । उनीमाथि कर छली गरेको आरोपमा अनुसन्धान समेत भैरहेको छ । उनकेा सम्पत्ति १ अर्ब डलर छ ।

united-states-bill-gates

१४. बिल गेट्स- विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा पछिल्ला २० वर्षमा १५ वर्षसम्म एक नम्बरमा रहेका गेट्सको सम्पत्ति ७९ अर्ब डलर रहेको छ । माइक्रोसफ्टका सहसंस्थापक गेट्स पछिल्लो समयमा मानवसेवा तथा दान तर्फ लागेका छन् । उनले आफुमात्र नभएर विश्वमा अन्य धनाढ्यहरुलाई समेत मानवसेवा तथा दानधर्म पट्टिआकषिर्त गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment