सौन्दर्य प्रतियोगिताको बाढी नेपालमा मात्र होइन, विश्वका विभिन्न कुना–कुनामा पनि भैरहेको छ । यसैक्रममा अष्टे«लियामा ‘मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया’ सम्पन्न भएको छ । प्रतियोगितामा मेलबर्नका अनुपमध्वज किरण र सिड्नीकी आरजु कार्कीले शिर्ष उपाधी जितेका छन् ।
२२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै किरण र आरजुले शिर्ष उपाधी जितेका हुन् । यस्तै प्रतियोगितामा फस्ट रनरअप बबिन लिम्बु र जुनिता लामा, सेकेन्ड रनरअप अशिष श्रेष्ठ र सुदिप्ती श्रेष्ठ बनेका छन् । यो कार्यक्रमको आयोजना युनाइटेड आर्ट एण्ड इन्टरटेन्मेन्टले गरेको हो ।
प्रतियोगितामा विजेताहरुले १ हजार डलर, नगद र ट्रफी प्रदान गरिएको छ । यस्तै, फस्ट रनरअपले ५ सय डलर प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी एनआरएनका अध्यक्ष शेष घलेले विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा डाक्टर अशोक श्रेष्ठ, टुनु घोताने, रिना कुक, निक नोवोर, ज्याक्लिन डाओले मुल्यांकन समितीमा थिए । कार्यक्रममा नेपाली नृत्य र नेपाली ढाकाले तयार पारिएको पहिरनमा फेशन शो समेत प्रस्तुत गरिएको थियो ।
तस्बिर नेपालीज भ्वाइस
प्रतिक्रिया 4