Comments Add Comment

अवैध हातहतियार बुझाउन गृह मन्त्रालयको अपिल

५ साउन, काठमाडौँ । गृह मन्त्रालयले आफूसँग भएको अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन आग्रह गरेको छ ।

अवैध हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरासमेत मन्त्रालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment