Comments Add Comment

बेनी आक्रमणको राइफलले यार्सा लुटियो

६ साउन, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा सुरक्षा निकायबाट लुटिएका हतियार माओवादीका पूर्वलडाकूले यार्सागुम्बा लुट्न प्रयोग गरेको भेटिएको छ । तत्कालीन माओवादी लडाकूले २०६० सालमा म्याग्दी आक्रमणका बेला सुरक्षाकर्मीबाट लुटेको स्वचालित एके ४७ राइफल गत असार पहिलो साता डोल्पामा यार्सा लुट्न प्रयोग गरेका हुन् ।
प्रहरी स्रोतका अनुसार पूर्वलडाकु नवीन रोकामगर डोल्पामा ६ करोड रुपैयाँबराबरको यार्सा लुट्ने घटनामा संलग्न थिए । नवीनसहितको समूह पछिल्लोपटक असार ३१ गते मनाङमा यार्सा लुट्ने योजनासहित स्वचालित हतियार लिएर गएको अन्नपूर्ण पोस्टमा खबर छ । तर, यार्सा व्यापारी सोही दिन पोखरा आएकाले उनीहरुको योजना असफल भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी राजेन्द्रबाबाु रेग्मीले बताए ।
योजना असफल भएपछि मनाङ र्फकदै गर्दा सीमा पहरीचौकी धारापानीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सेना समायोजनमा सहभागी भएर स्वेच्छिक अवकाश लिएका रुकुमका नवीन र सशस्त्र द्वन्द्वमा सुराकी गर्दै आएका उजिर रोकामगरलाई एके ४७, त्यसको म्यागजिन, १८ राउन्ड गोली, चिनियाँ पेस्तोल तथा गोली र एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ गरेपछि यार्सा लुट्ने उनीहरुको विभिनन योजना पनि बाहिर आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment