Comments Add Comment

भारतमा लागुऔषध सहित दुई नेपाली पक्राउ

सलमान खान

laguausad-pakrau
६ साउन, भैरहवा । लागूऔषध सहित दुई नेपाली भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सिमानाका भारती शहर सुनौलीमा ब्राउन सुगर सहित दुई नेपाली पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ९ की २२ वर्षकी सोनु श्रेष्ठ र सोही स्थानका २१ वर्षका विजय गुरुङ रहेका छन् ।
पक्राउ परेका श्रेष्ठको साथबाट ६० ग्राम र गुरुङको साथबाट १५ ग्राम गरी कुल ७५ ग्राम करिब ७ लाख ५० हजार (भारु) रुपैयाँ बराबरको लागुऔषध ब्राउनसुगर बरामद भएको सुनौली प्रहरी प्रमुख अशोक कुमार सिंहले बताएका छन् ।
विशेष सुराकीको आधरमा उनीहरुले सुनौलीबाट नेपाल तर्फ लागुऔषध ब्राउनसुगर लिएर जादै क्रममा सिमानाकाबाट पक्राउ गरिएको सुनौली प्रहरी प्रमुख सिंहले बताए ।
पक्राउ परेका श्रेष्ठ र गुरुङ माथि एनडिपिएस एक्ट अन्र्तगत सुनौली कोतवालीमा मुद्दा दर्ता गरिएको र अनुसन्धान जारी रहेको सिहंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment