Comments Add Comment

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सनको राष्ट्रिय बेइज्जत

Veri-Babai-Daiversan
भेरी बबई आयोजना निर्माणाधिन स्थल ।

प्रतिमा परियार

६ साउन, सुर्खेत । सरकारले भेरी बबई डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । आयोजनालाई बिशेष महत्व दिएर वर्षेनी वजेट बिनियोजन समेत हुँदै आएको छ ।

आयोजनालाई सरकारले विशेष महत्व दिएर अगाडि बढाएपनि निर्माण कार्य भने निकै मन्द गतिमा अगाडी बढिरहेको छ । आयोजनालाई वर्षेनी जति बजेट छुट्याइएको हुन्छ त्यसको एक प्रतिशत पनि खर्च नहुने गरेको देखिएको छ ।

आर्थिक वर्ष ०७०/०७१ को बजेटमा सुर्खेतका लागि विकास खर्चतर्फ आएको रकममध्ये सबैभन्दा धेरै भेरी-बबई डाइभर्सनको लागि १ अर्ब ५ लाख रुपैयाँ छुट्टाइएको थियो । यति ठूलो रकम विनियोजन गरेको भएपनि आर्थिक बर्षको अन्त्यसम्ममा १ करोड ६२ लाख २९ हजार रुपैयाँमात्र खर्च भएको छ ।

अहिलेसम्म पनि ठेक्का सम्झौता हुन नसकेको भेरी-बबई डाइभर्सनमा विनियोजन गरेको कुल बजेटको करिव १ प्रतिशतमात्र खर्च भएको हो ।  आयोजनाको निर्माण कार्य मन्द गतिमा भइरहे पनि सरकारले हरेक वर्षको बजेटमा आयोजनालाई प्राथमिकतामा राखेर वजेट बिनियोजन गर्दै आएको छ ।

गत असार २९ गते अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको यस आर्थिक वर्षको वजेटमा पनि आयोजनालाई वजेट रकम छुट्टाएर सुरुङ निर्माण कार्य तत्काल सुरु हुने उल्लेख गरिएको छ । सुरुङ निर्माणका लागि आवश्यक वजेट विनियोजना गर्नुका साथै काम पनि तत्काल सुरु गरिने बजेटमा उल्लेख छ । भेरी नदीको चिप्लेमा १४ मिटर अग्लो बाध बाँधेर १२ किलोमिटर सुरुङमार्ग मार्फत बबई नदीमा पानी खसाली बिद्युत र सिंचाई सेवा पुर्याउने लक्ष्य आयोजनाको छ ।

उर्जा मन्त्रालय र सिंचाई मन्त्रालयले संयुक्त रुपमा अगाडि बढाउन लागेको सो आयोजनाबाट ४८ मेगावाट बिद्युत र बर्दियाको ५१ हजार ५ सय हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य रहेकेा छ । सार्वजनिक वजेटमा माथिल्लो कर्णाली जलबिद्युत आयोजनालाई पनि कार्यान्वयनमा लैजाने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment