Comments Add Comment

आर्थिक विकासका लागि उद्योगीको भूमिका महत्वपूर्ण: राष्ट्रपति

शरद रेग्मी
६ साउन, काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवले मुलुकको आर्थिक विकासका लागि उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । छिमेकी मुलुकबाट कच्चा पदार्थहरु ल्याउनु पर्ने बाध्यता रहेको भन्दै राष्ट्रपति यादवले नेपालमा रहेका प्राकृतिक सम्पदाहरुको संरक्षण र प्रयोगमा राज्यले जोड दिनुपर्ने बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघको प्रतिनिधि मण्डलसँग शीतलनिवासमा सोमबार दिउँसो भएको भेटमा राष्ट्रपति यादवले चुरे क्षेत्रको विनास दिनहुँ फस्टाइरहेको भन्दै त्यसलाई सवै मिलेर रोक्नु पर्नेमा जोड दिए ।

IMG_2681
तराईमा जंगल विनास तिव्र रुपमा बढेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले वन विनासको असर अहिले विस्तारै देखा पर्न थालेको वताए । । उनले उद्योगहरु स्थापना हुनु सकारात्मकर रहेको भन्दै यसबाट उत्पन्न हुने प्रदुषण रोक्न राज्यले पहल गर्नु पर्नेमा जोड दिए ।
भेटमा बोल्दै तुलसीपुर बाणिज्य संघका अध्यक्ष विमल रिजालले व्यवसायीक सुरक्षा, व्यवसायिक प्रवर्द्धन र व्यापारीहरुका आम समस्याका बारेमा जानकारी गराए । रिजालले तुलसीपुरको एकमात्र विमानस्थल नियमित सञ्चालनका लागि पहल गरी दिन राष्ट्रपति यादवलाई आग्रह गरेका थिए । यस्तै रिजालले राष्ट्रपति यादव स्वास्थ्य मन्त्री रहेका बेला स्वीकृत भएको राप्ती अञ्चल अस्पतालको सेवा सुविधा र भौतिक पूर्वाधारका साथै दरबन्दी अनुसारको सेवा तत्काल सुचारु गर्न पहल थालिदिन आग्रह गर्नु भएको तुलसीपुर वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रिजाल नेतृत्वमा गएको व्यवसायीहरुको टोलीसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सभासदद्वय दिपक गिरी र पार्वता डिसी चौधरी, नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का सभापति जगत खड्का, क्षेत्र नम्बर ५ का सभापति बसन्त देवकोटा, तरुण दल दाङका अध्यक्ष टिका घर्ती, नेता केशव आचार्य लगायत शीतल निवास पुगेका थिए । तुलसीपुर उद्योग बाणिज्य संघको प्रतिनिधि मण्डललाई राष्ट्रपति यादवले शीतल निवासमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

एक हप्तामै तुलसीपुरमा मालपोत

भूमीसुधार मन्त्री दलवहादुर राणाले आगामी बस्ने मन्त्रिपरिषदको वैठकबाट तुलसीपुरमा १७ वटा गाविस र एक नगरपालिकालाई समेटेर सेवा दिने उदेश्यले एक हप्ताभित्रै नापी र मालपोत कार्यालयको स्थापना गर्ने निर्णय गर्ने वताएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलको ज्ञापन पत्रबुझ्दै मन्त्री राणाले लामो समयदेखि तुलसीपुर उद्योग बाणिज्य संघ र त्यस क्षेत्रका सभासदहरुले उठाउँदै आएको एजेन्डा सम्बोधन हुन लागेको वताए । उनले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्नका लागि देशभरका ७२ जिल्लामा सुकुम्बासी आयोग गठन गर्न लागेको बताए ।
त्यस्तै आइतवार सिंहदरबारमा भएको भेटमा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तुलसीपुर बाणिज्य संघले स्थानीय निकाय प्रतिनिधि नभएको वेला महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले बाणिज्य संघका माग सम्बोधन गर्न आफू सक्दो पहलकदमी लिने प्रतिबद्धता जनाए । नगरपालिकाको विस्तार व्यवस्थित अटो भिलेज, राजमार्गको मापदण्ड अनुसार बैकल्पिक मार्ग र रिङ रोडलाई निरन्तरता दिने वताए । भेटमा दाङका सभासदहरु डिल्लीबहादुर चौधरी, राजु खनाल, पार्वता डिसी चौधरी, योगेन्द्र चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ४ का सभापति जगतवहादुर खड्का, ५ का सभापति बसन्त देबकोटासहित बाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment