Comments Add Comment

कस्तो अचम्म : सिनेमा नखेल्दा केकीको ठूलो भूल

keki-and-saugat
पहिलो चलचित्र ‘अन्तराल’बाट नै चर्चामा आएकी दीपा बस्नेतको निर्देशनमा दोश्रो चलचित्र ‘श्री ५ अम्बरे’ तयार भएको छ । चलचित्रको डबिङ कार्य समाप्त भएको यसका कास्टिङ डिरेक्टर जीवनसाथी बस्नेतले जानकारी दिए ।

चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, विक्रम सिंह, श्रृजना अधिकारी, दीवाज राई, रिया श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा दीपक आचार्य र टीएन आचार्यले लगानी गरेका छन् । चलचित्रमा गणेश कुमार श्रेष्ठको छायांकन, चन्दन दत्तको सम्पादन छ ।

चलचित्रले समाजमा लुकेर रहेका राज खोज्ने काम गरेको छ । चलचित्र प्रदर्शनको मिति तय नभएपनि यसको चर्चा पनि चुलिएको छ । नायिका अधिकारीले ‘श्री ५ अम्बरे’ नखेलेको भए आफूले जीवनमा ठूलो भूल गरेको ठान्ने थिए भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment