Comments Add Comment

घिसिङलाई नहटाउन माग गर्दै रसुवा बन्द

६ साउन, रसुवा । चिलिमे जल विद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई यथास्थानमा थमौती गर्नुपर्ने माग राख्दै आएका स्थानीयवासीले मंगलवारबाट यातायातसमेत बन्द गरेका छन् ।

स्थानीयवासीको बन्द आहृवानका कारण यहाँ बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । चिलिमे, साङ्जेन, रसुवागढी, जलविद्युत् सरोकार समिति र समग्र रसुवावासीको तर्फबाट बन्द आहृवान गरिएको चिलिमेका गोम्वो छिरिङ तामाङले बताए ।

प्रबन्ध सञ्चालक घिसिङको थमौतीको माग गर्दै साउन २ गतेदेखि नै आयोजनाको कार्यालय बन्द गरेको बताइएको छ । बन्दका कारण ५७ दशमलव १ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment