Comments Add Comment

लोकतन्त्रका लागि लड्नेहरुलाई राज्यलेे उचित सम्मान दिएनः पौडेल

Bp-bichar-yatra

६ साउन, बिराटनगर । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लड्नेहरुलाई राज्यलेे उचित सम्मान दिन नसकेको बताएका छन् ।

बिवराटनगरको हडतालीमा वीपी विचार यात्राको शुभारम्भ कार्यक्रममा पौडेलले २००७ सालको क्रान्तमा होमिएकाहरुलाई राज्यले उचित सम्मान दिनसकेको बताए । कुनै पनि कम्युनिष्टहरुले भाग लिएका आन्दोलनका सहभागीलाई राज्यले पैसा र सुविधा दिएपनि युग परिवर्तनका लागि लड्नेहरुको योगदानलाई राज्यले विर्सेको पौडेलको भनाइ थियो ।

कम्युनिष्टहरुले परिवर्तनका लागि ठुलो योगदान गरेको भन्ने गरेको पौडेलले भने-‘यदि त्यसो हो भने २००७ सालको क्रान्तिवाहेक कुन आन्दोलनले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको छ देखाउनुस् ।’ ०७ सालको राणा विरोधी आन्दोलनले नै मुलुकमा लोकतान्त्रिक ल्याएको भन्दै उनले कसैले हामीले मुलुकमा लोकतन्त्र ल्याएको हो भनेर घमण्ड गर्नुको कुनै तुक नहुने बताए ।

पौडेलले विराटनगरको हडतालीवाट वीपी विचार यात्राको शुभ्ाारम्भ भएको घोषण समेत गरेका छन् । वीपी विचार यात्रा भदौ २४ गते सुन्दरीजलमा पुगेर समापन हुनेछ ।

यसअघि विपी कोइरालाको शतवाषिर्किको अवसरमा विराटनगर २० स्थित विराटनगर जुट मिल्स क्षेत्रमा वृक्षारोपण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment