Comments Add Comment

महिला स्वास्थ्य स्वयंसेविकाद्वारा आन्दोलनको घोषणा

७ साउन, काठमाडौँ । बजेटमा आफ्ना माग नसमेटिएको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघले बुधवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले साउन २३ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।health-service

उनीहरुले माग पूरा नभए साउन २३ गते स्वास्थ्य मन्त्रालयमा धर्ना दिने र भदौ ५ गते स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् । स्वंसेविकाहरुले ९ सुत्रीय माग अघि सारेका छन् । वार्षिक भत्ता २४ हजार रुपैयाँ, सेवा छोड्दा काम गरेको प्रत्येक वर्षको १० हजार रुपैयाँका दरले एकमुष्ट रकम, स्वास्थ्य विमा, पोशाक भत्ता १५ हजार, चाड खर्च १० हजार रुपैयाँलगायत छन् ।

संघकी उपाध्यक्ष सावित्री मैनालीले बजेटमा माग संबोधन नभएमा सडक तताउने बताइन् । उनले भनिन्,’सरकारले हाम्रो पीडा अझै बुझेन ।’ संघकी महासचिव गीता थिङले कहिलेकाँही कुनै तालीम गोष्ठीमा प्रदान गरिने २ सय रुपैयाँ भत्तामा समेत भ्याट कटौती गर्ने गरिएको गुनासो गरिन् ।

गाउँ गाउँमा पुरुषको साटो महिला खटाउँदा प्रभावकारी हुने ठहर गर्दै २०४५ सालदेखि सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरेको हो ।

हाल उनीहरु भिटामीन ए, पोलीयो थोपा र आइरन चक्की खुवाउने तथा बाल रोग, एकिकृत व्यवस्थापन, मातृ सुरक्षा चक्की, कण्डोम, पिल्स र पुनर्जलीय प्याकेट वितरण गर्ने मात्र हैन, प्राथमीक उपचार, गर्भवती तथा सुत्केरी महिलाको स्याहार, क्षयरोग, कुष्ठरोग, औलो, खोप, पोषणलगायत सरकारका ८१ वटा कार्यक्रममा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment