Comments Add Comment

बाढीले बगाएर धादिङमा एकको मृत्यु

७ साउन, काठमाडौं । मंगलवार दिउंसो आएको बाढीले धादिङको सल्यानकोट गाविसमा एक जनाको मृत्यु भएको छ । आँखु ओलामा आएको बाढीले चरङ्गे र आसपासको क्षेत्रमा लाखौं रुपैयाको नोक्सानी पुर्‍याएको छ ।

सल्यानकोट गाविस वडा नम्बर ४ का ६४ बषिर्य पित्तवहादुर कंडेलको मंगलवार बेलुकीपख आंखु खोला तर्नेक्रममा वाढीले वगाएर ज्यान गएको धादिङ प्रहरीलाई उधृत गर्दै पत्रकार केशव अधिकारीले जनाएका छन् । खेती लगाएको जमिनमा बाढी पसेर क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment