Comments Add Comment

रुपन्देहीमा लागूऔषध कारोबार बढ्यो : प्रहरी

७ साउन, भैरहवा । खुल्ला सीमानाको फाइदा उठाउँदै लागू औषध कारोबारीले रुपन्देहीलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन् । लागूऔषधसहित कारोबारीहरु दैनिक पक्राउ पर्दा पनि ओसार-पसार नियन्त्रण हुन नसकेको हो । ओसार-पसार रोक्न प्रहरीले दुईवटा समुह सीमानाका बेलहियामा राखेको छ । नेपाल प्रहरीले सीमानाकामा अञ्चल प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण ब्यूरोको समुह र जिल्ला प्रहरी कार्यालयबाट लागूऔषध नियन्त्रण दस्ताको समूह परिचालन गर्दा पनि कारोबारी घटेका छैनन् ।lagu-aausad

लागूऔषध नियन्त्रण ब्युरो भैरहवाले आर्थिक वर्ष ०७०/७१ मा मुलुकको दोस्रो ठूलो नाका बेलहियासहित अन्य स्थानबाट दुई सय ८५ जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा २ सय ७२ जना पुरुष र चार नेपाली नागरिक छन् । त्यसैगरी ७ जना पुरुष र २ महिला विदेशी रहेकोे लागूऔषध नियन्त्रण ब्युरो भैरहवाले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति लागूऔषध ओसार्ने भरिया मात्र हुन् । मूख्य कारोबारी पक्राउ नपर्दा लागुऔषधको कारोबार झन बढेर युवाहरु कुलतमा फस्दै गएको अवस्था छ ।

गत आवमा एक सय ५२ ग्राम ७ सय २० मिलीग्राम ब्राउनसुगर, २ ग्राम १ सय ९० मिलीग्राम हृवाइट सुगर, ९ ग्राम २ सय १० मिलिग्राम गुलाबी रङको धुलो (ब्राउन सुगरमा मिसाइएको केमिकल) बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका ईन्जार्च एवम् प्रहरी निरीक्षक रामशंकर कोहारले जानकारी दिए ।माफियाहरुले ब्राउनसुगर उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकीबाट ल्याइ सुनौली र नौतनवामा बेच्ने गरेका छन् । तौलेर बेचिने हुनाले बाराबंकीको ब्राउन सुगरमा मच्छर धुपको धुलो, गुलमंजन मिसावट गरी बेच्ने गरेको प्रहरी बताउँछ ।

माफियाहरुले ब्राउन सुगर बेचिरहँदा भारतीय प्रहरीले चसो नदिँदा कारोबार बढेको हो । भारतीय प्रहरी युनिटलाई मोटो रकम दिई सुनौली र नौतनवामा खुलेआम कारोबार हुने गरेको नेपाल प्रहरीका अधिकृतहरुको गुनासो छ ।भारतमा एक ग्राम ब्राउन सुगरको एक हजार नेपाली रुपैयाँ पर्छ । नेपालमा ल्याएपछि १ ग्राम ब्राउन सुगरलाई ३ हजार रुपैयाँसम्म बेच्ने गरिएको छ ।भारतीय बजारसम्म लागू औषध लिन र सेवन गर्न पोखरा, बाग्लुङ, दमौली, काठमाडौँ र स्याङजा लगायतका स्थानबाट युवायुवतीहरु आउने गरेको ब्युरोका हवल्दार कोहार बताउँछन् ।

लागूऔषधसहित पक्राउ परे सामग्रीको तौल र परिमाण हेरेर २० वर्ष सम्म जेल सजायँको कानुनमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment