Comments Add Comment

मोदीको उदय नेपालका लागि खतरा : वैद्य माओवादी

cpn -mouist  (2)

७ साउन, काठमाडौं । नेकपा-माओवादीले भारतमा सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी साम्प्रदायिकतावादी शक्ति भएको बताएको छ । बैद्य माओवादीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले भाजपा सरकार नेतृत्वमा आएपछि नेपालमा थप नकारात्मक असर पर्ने ठहरसमेत गरेको छ ।

माओवादी बैठकको निर्णयमा भनिएको छ- ‘दक्षिण एशियाली क्षेत्रमा भारतको विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपा जस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव अझै फैलने प्रवल सम्भावना देखिन्छ ।’

बैद्य माओवादीले भारतले प्रस्ताव गरेको विद्युत व्यापार सम्झौतालाई भारतीय एकाधिकारवाद लाद्ने योजना बताएको छ । सम्झौताबारे सरकारको धारणा माग गर्दै माओवादी अध्यक्ष मोहन वैद्यले भने-‘सर्वपक्षीय राजनीतिक सहमति कायम गरेर गरियोस् भनेर हामीले भनेका छौं ।’

वैद्य माओवादीले इजरायली प्यालेस्टाइनको सार्वभौमिकतामाथि हस्तक्षेप तथा बर्बर सैनिक आक्रमण गरेको भन्दै प्यालेस्टाइनी जनताको नरसंहार भनेको छ । इराकमा भइरहेको ‘विद्रोह’का विषयमा भने माओवादी बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment