७ साउन, काठमाडौं । आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिताको उपाधि विजय गजमेरले जितेका छन् । त्यही फोटोको स्टोरीले हरुले फोटो स्टोरीमा पहिलो भएको छ ।
उनले आफ्नै पतिद्धारा जलाइएकी १९ वर्षकी रिहाना शेखको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरुको तस्वीरहरु आफ्नो क्यामरामा कैद गरेका थिए ।
डेढ महिनासम्म वीर अस्पतालको बर्न वार्डमा बिताएकी उनी काठमाडौंबाट घर फर्किएकी उनी निकै खुसी थिइन्, जसलाई गजमेरले रिहाना फेरि जन्मिएकी शीर्षक दिएका थिए ।
उनलाई दाहिजो नल्याएको निहुामा उनका पति र सासुले आलो लगाएका थिए । रिहाना निको भएर घर फर्किँदा उनको परिवारमा निकै खुसी छाएको थियो ।
- काठमाडौंबाट नेपालगञ्ज घर फर्किएपछि झिँगाबाट घाउ जोगाउन झुलभित्र आराम गरिरहेकी रिहाना । यो फोटो आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भयो र फोटो पत्रकार गजमेरले १ लाख रूपैयाँ पुरस्कार पाएका छन् ।
- वीर अस्पतालमा उपचारका क्रममा देखिएको दृश्य
- उपचारपछि घर पुगेकी रिहानाको सल लगाइदिँदै आमा।
- आगोले पोलेको घरमा झिँगा धपाउन नरिवलको तेल लगाइदिने दाइलाई आशिष दिँदै रिहाना
- वीर अस्पतालमा हिडडुल गर्ने प्रयास गर्दे रिहाना
- अस्पतालबाट घर जाने क्रममा एम्बुलेन्समा चढ्दै गरेकी रिहाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4