Comments Add Comment

मुक्त हलियालाई परिचयपत्र टोक्नु न बोक्नु

haliy7a

प्रतिमा परियार
८ साउन, सुर्खेत। सुर्खेत उत्तरगंगा ७, गुप्तीपुरका ४२ वर्षका दिलबहादुर थारुले क वर्गको हलिया परिचयपत्र पाएको ६ वर्ष पुगिसकेकामे छ । तर यो परिचयपत्र उनका लागि अहिले भारी बनेको छ । हलिया मुक्ति भएको यतिका वर्ष भइसक्दा पनि जीविकोपार्जनका लागि बैकल्पिक व्यवस्था नभएपछि उनी बरु हलिया बस्नुनै ठिक रहेछ भन्नेमा पुगेका छन् ।
सरकारले ०६५ भदौ २१ गते हलियाहरुलाई मुक्त घोषणा संगै पलाएको आशा अहिले मुक्त हलियाहरुका लागि निराशामा परिणत भइसकेको छ । ‘यो परिचयपत्र पकाएर खाने होइन्, पेट भर्नेपनि होइन, कागजको खोष्टो दिएर हामीलाई झुक्याउन खोजका छन्’ दिलवहादुर थारुले भने । काँधमा हलो बोकेर मिरमिरेमै जमिन्दारको घरमा हलो जोत्नजाने हलियाहरु मुक्तिपछि सरकारी सहयोगको प्रतिक्षामा बसे ।
तर ६ वर्षको बीचमा न त उनीहरुले हलो जोत्न पाए न त सरकारबाट घोषणा भए बमोजिमको व्यवस्थानै । मुक्त भएपछि अन्य रोजगार पनि केही नपाउँदा मुक्त हलियाहरुको अवस्था झनै बिजोग छ । पुनस्र्थापनामा भएको ढिलाईका कारण मुक्त हलियाहरु विचल्लीमा परेका छन् । तर पनि पुनस्र्थापनाको पर्खाइमा बस्नुको विकल्प उनीहरुसँग छैन ।
सुर्खेतमा हालसम्म २ सय १३ जना हलियाहरुको प्रमाणिकरण भइसकेको छ । भूमिसुधार कार्यालयको तथ्याङकअनुसार ६ सय ७५ जना मुक्तहलियाहरु मध्ये ४ सय ६२ हलियाहरु अझैसम्म सम्र्पकमा आएका छैनन् । प्रमाणिकरण गरिएका हलियाहरु मध्ये १ सय २९ जनाले हलिया मुक्तको परिचयपत्र पाएका छन् । ७१ जना परिचयपत्र पाएका छैनन् ।
मालपोत कार्यालय सुर्खेतका प्रमुख कमल पौडेलका अनुसार १३ जना हलियाहरुको परिचयपत्र बनिसकेको भएपनि परिचयपत्र लिन आएका छैनन् । सुर्खेतमा १८ जनाले ‘क’, ३८ जनाले ख वर्ग, १६ जनाले ग वर्गको र ५७ जनाले घ वर्गको परिचयपत्र पाएका छन् ।
काफलकोट १ का भिमबहादुर दमाईले मुक्तहलिया घोषणापछि झनै बिजोग भएको गुनासो गरे । २२ वर्षसम्म जमिन्दारको घरमा हलो जोती मुक्त भएका उनले भने ‘पहिला माडको ठेगान त हुन्थ्यो अहिले त बिहान खाए साँझको चिन्ता, साँझखाए बिहानको चिन्ता भएको छ ।’ ‘ख’ वर्गको परिचयपत्र पाएका दमाईले मुक्त हलियाहरुलाई सरकारले घरनघाटको बनाएको गुनासो पोखे । ‘नदी तराउँछु भन्दै बीचमै छाड्यो सरकारले,’ उनले भने ।
उत्तरगंगा ७ की काली थरुनीको पनि पीडा उस्तै छ । मुक्त भएपछि जीविकोपार्जनका लागि पहिलेकै मालिककोमा कामगर्न गएकी उनी उल्टै गाली बेइज्जती सुनेर आउनुपर्‍यो । ‘कामखोज्न हिँडे कतै पाईन, उनले रुँदै भनिन्, के गर्ने पेट पाल्नै पर्‍र्यो, साहुकोमा गएको त बेइज्जत गरेर पठायो ।’
न्यायिक पुनस्थापना हुने सर्त सहित मुक्तभएका अधिकांश मुक्तहलियाहरु पुःन स्थापनाको टुङ्गो नलागेपछि जीवीकोपार्जनकै लागि मुग्लान पस्न थालेका छन् । हातमा सरकारले मुक्तहलियाको परिचयपत्र थमाएपनि गास बासको ब्यबस्था नभएपछि अधिकांश मुक्तहलियाहरु धमाधम घरछाडी कामकालागि परदेश (मुग्लान) जान बाध्य भएका हुन् ।
सुर्खेतमा अहिले ‘क’ वर्गमा परेकामध्ये १५ जनालाई जग्गाखरिद गर्ने र ‘ख’ वर्गमा परेका २० जनालाई घर निर्माण गरिदिने योजना रहेको मालपोल कार्यालय सुर्खेतका अधिकृत कमल पौडेलले जानकारी दिए । हामीले सरकारी योजनाअनुसार काम गर्ने हो, पर्याप्त योजना र बजेट नआएकै कारण पुनस्र्थापनामा ढिलाई भएको हो पौडेलले भने ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रहेको हलियासम्बन्धी अभिलेखअनुसार सुर्खेतमा लाटिकोइली, उत्तरगंगा, काफलकोट, डाडाखाली, घोरेटा लगायतका गाविस र नगरपालिकामा हलियाहरु बसोबास गर्छन् । गैरसकारी संस्थाको तथ्याङ्कले यस्तो देखाए पनि सरकारको आफ्नै सर्वे गरेको आधिकारिक तथ्याङ्क नभएकै कारण यसै तथ्याङ्कलाई आधिकारिक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment