Comments Add Comment

सञ्जय युरोपकै अग्लो एलब्रुस हिमालको चुचुरोमा

८ साउन, काठमाडौं । लामो दूरीका अल्ट्रा म्याराथन धावक एवम् हिमआरोही सञ्जय पण्डितले रसियास्थित युरोपकै अग्लो हिमाल आरोहण गरेका छन् । विश्व चर्चित ५ हजार ६ सय ४२ मिटर अग्लो एल्बु्रस हिमालमा सञ्जयले ६ मिनेट ३ सेकेण्डसम्म आधा नाङ्गएिर कीर्तिमान पनि राख्न सफल भएका छन् ।sanjay-pandit

शुक्रबार आरोहण गरिसक्नुपर्ने तालिका भएपनि प्रतिकुल मौसमका कारण सञ्जयले आइतबार भएको आरोहणका क्रममा उनले रसियाको चर्चित माउण्ट चिर्गाड पनि सफलतापूर्वक अरोहण गरे । एल्बु्रसमा अर्धनग्न बसेर राखेको कीर्तिमानलाई दर्ता गराउने प्रक्रिया अघि बढाएको सञ्जयले बताए ।

सात महादेशका सातैवटा ठूला हिमाल आरोहण यात्रामा रहेका सञ्जयले एसिया, अफि्रका र युरोपका अग्ला हिमाल आरेहण गरिसकेका छन् ।

उनले नेपालका सगरमाथा, मनास्लु, छुकुंग्री, आइल्याण्डपिक र नार्गाजुनसहितका दर्जनौ हिमाल आरोहणका गरिसकेका छन् ।सञ्जयको हिमाल यात्रा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, पर्वतारोहण संघ, नेपाली युवा उद्यमी मञ्च, गोल्डेनगेट कलेज, सिल्भर माउन्टेन कलेज, कान्तिपुर इन्टरनेशनल कलेज, नेपाल इन्भेष्टमेन्ट बैंक र आइएमइले साथ दिएका थिए ।

युरोपकै अग्लो हिमाल आरोपहण गरेपछि उनले अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने योजना रहेको बताए । माइनस ६० डिग्री तापक्रमको हिमाल आरोहण गरेर सञ्जय मुखैभरी दाग र फ्रस्टबाइटले आक्रमण गरेको खुट्टासहित नेपाल फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment