Comments Add Comment

चीन उकालो लाग्यो, अमेरिका खस्कियो

20101211_wop528_0८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले वर्षेनी सार्वजनिक गर्दै आएको मानव विकास प्रतिवेदनअनुसार उदीयमान राष्ट्र चीनले दशौं अंकको प्रगति गर्न सफल भएको छ भने तेस्रो स्थानमा रहेको अमेरिका दुई स्थान पछाडि धकेलिएको छ । सिंगापुरको मानवीय विकासको गति तीव्र देखिएको छ ।

मानव विकास सूचकांकमा अहिलेसम्म चीनभन्दा अमेरिका धेरै अगाडि छ । अमेरिका विकास सूचकांकमा पाँचौं नम्बरमा छ भने चीन ९१ औं स्थानमा । तर, गतवर्ष १०१ औं स्थानमा रहेको चीनले यस वर्ष आफूलाई १० अंकले अगाडि सारेको छ ।

अमेरिका अघिल्लो वर्ष विश्वकै तेस्रो स्थानमा थियो भने यसवर्ष पाँचौं स्थानमा झरेको छ । गत वर्ष पाँचौं स्थानमा रहेको जर्मनी छैठौं स्थानमा धकेलिएको छ । अघिल्लो वर्ष सिंगापुरको स्थान १८ औं नम्बरमा थियो । तर, पछिल्लो वर्ष नवौं स्थान अगाडि आएर यो मुलुक टपटेनभित्र पर्न सफल भएको छ । परिवर्तनको दर हाराहारी भए पनि ९१ औं स्थानमा भएको चीनलाई सिंगापुरले धेरै पछाडि छाडेको छ ।

सिंगापुरले अर्को वर्ष अमेरिकालाई जित्यो भने अनौठो नमान्दा हुन्छ । किनभने,  अहिले सिंगापुरले हासिल गरेको नवौं स्थानमा रहेको स्वीटजरल्याण्डले एकै वर्षमा अमेरिकाको तेस्रो स्थान आफूले लिन सफल थएको छ । सिंगापुरको गति यही रुपमा भयो भने आगामी वर्ष अमेरिकालाई जित्न असम्भव देखिँदैन ।

सन् २०१२ मा १३६ औं स्थानमा रहेको भारतले आफूलाई १३५ औं स्थानमा उकालेको छ । चीनको तुलनामा भारतको यो प्रगति नगन्य देखिएको छ ।

‘टप टेन’ मा कुन कुन देश ? 

मानव विकास प्रतिवेदनअनुसार सामाजिक एवं लैङ्गकि विभेद एवं आर्थिक सूचकांकका आधारमा गरिएको मानकमा विश्वकै पहिलो नम्बरमा नर्वे रहेको छ । त्यसैगरी दोस्रोमा अष्ट्रेलिया छ । अघिल्लो वर्ष पनि दुबै देश सोही स्थानमा थिए । त्यसैगरी तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा नेदरल्याण्ड रहेका छन् । सन् २०१२ मा नवौं स्थानमा रहेको स्वीटजरल्याण्डले २०१३ मा अमेरिकाको स्थान कब्जा गरेको हो । नेदरल्याण्डले भने आफ्नो पुरानै स्थान सुरक्षित गरेको छ । पहिले २६ औं स्थानमा रहेको बेलायत १४ स्थानमा चढेको छ ।

विहीबार जापानबाट सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पाँचौं स्थानमा अमेरिका र छैठौंमा जर्मनी छन् भने सातौंमा न्युजिल्याण्ड, आठौंमा क्यानडा, नवौंमा सिंगापुर र दशौं स्थानमा डेनमार्क रहेका छन् । जापान भने १० औं स्थानबाट झरेर १७ औं स्थानमा  पुगेको छ । कोरिया १२ औं स्थानबाट खस्किएर १५ औं स्थानमा पुगेको छ ।

केही चर्चित मुलुकहरुको अवस्था

मानव विकास सूचकांकमा दक्षिण अमेरिकाको क्षेत्रीय शक्तिराष्ट्र बन्न थालेको एवं विश्वकप २०१४ को आयोजनाकर्ता ब्राजिलले ८५ औं स्थानबाट ६ अंक प्रगति हासिल गर्दै आफूलाई ७९ औं स्थानमा उकालेको छ । ९१ औं स्थानमा रहेको चीन भन्दा यो अगाडिको स्थान हो ।
अफ्रिकी देशहरुको दाजु राष्ट्रका रुपमा रहेको दक्षिण अफ्रिका पनि सुधारात्मक देखिएको छ । दक्षिण अफ्रिका ११८ औं स्थानमा रहेको छ । गत वर्ष यो देश १२१ औं स्थानमा थियो ।

human-dev-index-2014

त्यसैगरी २० औं स्थानमा रहेको फ्रान्स यस वर्ष यथास्थानमै अडिएको छ । ६२ औं स्थानमा रहेको मलेसिया अघिल्लो वर्ष ६४ औं नम्बरमा थियो । जबकि उसँग छुटि्टएको सिंगापुर टपटेनभित्र परिसकेको छ ।

मध्युपूर्व एशियाको म्यानमार १४९ औं स्थानबाट १५० औं स्थानमा झरेको छ । ८९ औं स्थानमा आइपुगेको थाइल्याण्ड सन् २०१२ मा १०३ औं स्थानमा थियो । सोही क्षेत्रको इण्डोनेसिया १२१ औं स्थानबाट १०८ औं स्थानमा आएको छ । मध्यपूर्व एशियाको फिलिपिन्स ११४ औं स्थानबाट ११७ औं स्थानमा पुगेको छ । भियतनाम १२७ बाट १२१ औं स्थानमा उक्लिएको छ ।

चर्को राजनीतिक द्वन्द्वको चपेटामा परेको अरब क्षेत्रका राष्ट्रहरुको स्थितिमा पनि सामान्य सुधार देखिएको छ । इराक १३१ औं स्थानबाट १२० मा उक्लिएको छ । साउदी अरेबिया ५७ औं स्थानबाट ३४ औं स्थानमा आएको छ । इजरायल भने १६ औं स्थानबाट १९ औं स्थानमा झरेको छ । कुवेत ४६ औं स्थानबाट ५४ औं स्थानमा झरेको छ । इरानले ७६ औं स्थानबाट एक स्थान प्रगति गरेको छ ।  युएईले ४१ औं स्थानबाट सामान्य प्रगति गरेर ४० स्थान हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment