Comments Add Comment

चोरीको मुर्तिसहित दुर्इ युवा पक्राउ

Stachu and two youth८ साउन, काठमाडौं । काठमाडौंको किमाडोल हाइटस्थित साङ्गे छोयलिङ्ग गुम्वा नजिकै आनी हिसेन धेचेनको घरबाट चोरी भएको बौद्ध देवता तारा देवीको मुर्तिसहित दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको धुसेनी-६ शिवालय घर भई काठमाडौंको स्वयम्भू किमडोलमा बस्ने २१ वर्षीय दावा लामा र १९ वर्षीय प्रविण लामा रहेका छन् ।

सुनजस्तै पहेलो रंगको जलप लगाएको करित्र ६ लाख रुपैयाा पर्ने मुर्ति बुधबार सााझ ५ बजे चोरी भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । स्थानीयको जानकारीका आधारमा महानगरीय प्रहरीबृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार राति १० बजे काठमाठौ मनपा-१५ विजेश्‍वरीस्थित कोठामा चोरीको मूर्ति फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment