Comments Add Comment

काठमाडौंमा भारतीय विदेशमन्त्री स्वराजको दौडधुप (फोटो फिचरसहित)

suhma swaraj

१० साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्चस्तरीय भेटवार्तामा व्यस्त छिन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आएकी स्वराजले राष्ट्रपतिसहित उच्च अधिकारीहरुसँग भेटवार्ता गरेकी छन् ।

स्वराजले मधेसका नेताहरुबाट राजनीतिक भेटवार्ता सुरु गरेकी हुन् । स्वराजले मधेस केन्द्रीत दलहरुको अध्यक्षका साथै नेपाली कांग्रेस, एमाले र एमाओवादीका मधेसी नेताहरुलाई संयुक्त रुपमा भेटेकी हुन् ।

भेटमा स्वराजले भारतले नेपालको जलविद्युतमा एकाधिकार कायम गर्ने खोजेको प्रचार गलत भएको भन्दै नेपालले जसरी चाहन्छ, त्यसरी नै जलविद्युतको विकास हुने बताएकी छन् ।

sushma-with-subash-Nembang

लगतै स्वराजले सिंहदरवार पुगेर सभामुख सुवासचन्द्र नेम्बाङसँग भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबीचको सम्वन्ध सुधारका साथै नेपालको संविधान निर्माण प्रक्रियाबारे पनि छलफल भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न नेपाल भ्रमणका क्रममा संसदमा गर्ने सम्बोधनबारे पनि छलफल भएको छ । सभामुख नेम्वाङले संसदले मोदीको सम्बोधनलाई पर्खेर बसेको बताएका छन् ।

लगतै भारतीय विदेशमन्त्री स्वराजले एमाओवादी अध्यक्ष प्रचण्डसँग संविधानसभा भवन नयाँबानेश्वरमा भेटवार्ता गरेकी छन् । भेटमा दुई देशसगै एमाओवादी र भारतीय जनता पार्टीको सम्वन्ध सुधारसहितका विषयमा छलफल भएको बताइएको छ ।

Sushma-with-prachanda

प्रचण्डसँगको भेटपछि स्वराज राष्ट्रपति डा. रामवरण यादवलाईर् भेट्न शीतलनिवास पुगेकी थिइन् । भेटमा दुई देशको सम्वन्ध सुधारमा जोड दिइएको राष्ट्रपति कार्यालयका सचिव सारदाप्रसाद त्रितालले बताए । उनका अनुसार भेटमा राष्ट्रपतिले नेपालको विकासमा भारतीय सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

Sushma-sowraj-with-rambaran-yadav

स्वराजले अपराहृन ४ बजे प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा वराजले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया छिट्टै पूरा होस् भन्ने भारतको चाहना रहेको बताएकी छन् । भारतीय विदेशमन्त्री स्वराजले भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

Sushma-with-susil

जवाफमा प्रधानमन्त्री कोइरालाले मोदी सरकारको ‘पहिला छिमेकी’ नीतिको प्रशंसा गरेका छन् । नेपाल शान्ति, संविधान र विकासको बाटोमा रहेको भन्दै उनले भारतीय सहयोगमा जोड दिएका छन् ।

भारतीय विदेशमन्त्री स्वराज र उपप्रधानमन्त्री एवं एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमबीचको भेट अन्तिम समयमा आएर हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment